Tuesday, March 13, 2018

लेखकहरु पाठकलाई ठग्न थालेका हुन ?


डम्बर खतिवडा
म १२ वर्ष  शिक्षण पेशामा रहे । १२ वर्ष  लामै समय, एउटा युग नै हो । तर ती दिन विस्मृत हुन सक्थे, यदि मेरा विद्यार्थीहरुले वेलावेला नसंझाई दिने हो भने । हाईस्कुल पढ्दाका नेपाली शिक्षक गोपाल दाहाल भन्नु हुन्थ्यो–‘शिक्षक भनेको माझी जस्तै हो । तरेर नदीको पल्लो किनार पुग्नेहरु कहाँकहाँ पुग्छन, माझी सधै नदीका दुई किनार बीचमा रहन्छ । शिक्षक पनि त्यस्तै हो । पढाएर कक्षा उचालेका विद्यार्थी कहाँकहाँ पुग्छन । शिक्षक सधै त्यही स्कुलमै रहन्छ ।’

फाल्गुन ७ गते मेरो पुस्तक ‘समाजवादको यात्राः युटोपियादेखि चौथो आयामसम्म’ बजारमा गएको केही दिनपछि मैले एउटा फोन प्राप्त गरे–‘सर, के लेखकहरुले पनि पाठकलाई ठग्न थालेका हुन ?’ यो प्रश्नले कहीवेर स्तब्ध भए । कसलाई के भन्न खोजेको हो बुझिन ।  मलाई नै लेखक ठानेर मेरै पुस्तकका सन्दर्भमा भनिएको हो कि अरु कुनै सन्दर्भमा ? अलमल परेपछि मैले उनको नाम सोधे ।

उनी कुनै समयका मेरा विद्यार्थी थिए । फिदिममा  जागिर खाँदै गरेका । आफूलाई पढाउँने सरको किताब निस्कियो भनेपछि उनले फिदिम बजारमा किताब खोजेछन । नभेटेपछि काठमाण्डौंबाट पठाइ दिन फोन गरेका रहेछन । काठमाण्डौंबाट एकप्रति किताब फिदिम पठाउँने झंझट गर्ने जाँगर मसंग थिएन । यो मेरो काम हैन । प्रकाशक तथा वितरकको काम हो । मैले उनलाई त्यही भने ।

त्यसपछि उनले त्यो आश्चर्यजनक प्रश्न मेरा सामु तेर्साए–‘सर,व्यापारीले ग्राहकलाई ठगेको त देखेकै हो । राजनीति गर्ने र चुनाव उठ्नेहरुले जनता र मतदातालाई ठगेको पनि देखेकै हो । अब के लेखकहरुले पनि पाठकलाई ठग्न थालेका हुन?’

वास्तवमै यो मेरा लागि बोझिलो प्रश्न थियो । सोधे– किन ? के भयो र त्यस्तो ?

उनले भने–‘पत्रपत्रिकाको विचारपृष्ठ हेर्यो खासै केही नयाँ हुँदैन । केही सीमित लेखक र उनीहरुकै उताउता मिलाएका उनै पुराना विचार दोहोरिएको मात्र हुन्छ । बजारमा नयाँ किताबको चर्चा र हल्ला हुन्छ, पढी सक्दा हल्ला भएजस्तो खासै नयाँ कुरा हुँदैन । खासै मज्जा पनि आउँदैन । लेखकहरुले यसरी पाठकलाई ठग्न मिल्छ ? लेखकहरुले समेत ठग्न थाल्ने हो भने यो देशमा अब ठग्न बाँकी को रहन्छ ?’

पाठकले यसरी पनि सोच्छन, कहिल्यै लागेको थिइन । लेखक कसैकोे जागिरे हैन । कसैको कारिन्दा, दास, नोकर पनि हैन । उसले जस्तो सक्यो, त्यस्तो लेख्यो । उसले राम्र्रै लेख्नु पर्छ, लेख पढेर सबैलाई मज्जा आउनु पर्छ, सबै पाठकलाई मन पर्नु पर्छ भन्ने के छ र ? हरेक लेखकले आफ्नो बुताले भ्याएसम्म मेहनत त गरेकै हुन्छ । पाठकले मन पराउँनै पर्छ भन्ने छैन । यसमा ठग्ने÷नठग्ने, ठगिने÷नगठिने कुरै के छ र ?

तर मनमा खेलेका यी कुरा मुखले भने भन्न सकिन । भने– ‘यस्तै हो । सबैका आआफ्ना सीमा हुन्छन । नेपालको लेखन–बजार सानो छ । राम्रो लेख्न अध्ययन र भ्रमणको आवश्यकता हुन्छ । त्यसका लागि समय र पैसा चाहिन्छ ।  लेखेर बाँच्न गाह्रो छ । परिवार पाल्न पैसा कमाउनै पर्छ । कुुनै न कुनै अरु काम गर्नै पर्छ । को पेशागत लेखक छ र यहाँ ? फुर्सदमा लेखिने होे ।’

लागेको थियो–मैले राम्रै उत्तर दिए । तर उनले त झन न्याँकन्याँक्ती पारे । भने– ‘लेखकहरुले त्यसो भन्न कहाँ पाइन्छ सर । कार्ल माक्र्सलाई पुँजीका त्यति मोटा भोल्युम लेख्न कस्ले पैसा दिएको थियो ? न्यूटन र आइस्टाइनले कसैले पैसा दिएर फिजिक्स लेखेका हुन?’ वाफ रे, नेपाली पाठकहरु लेखकबाट यस्तो अपेक्षा राख्छन, त्यो मेरो कल्पनाभन्दा धेरै बाहिरको कुरा थियो ।

फाल्गुन २५ गते साँझ पोखरामा एउटा सानो छलफल कार्यक्रम थियो, त्यही मेरो किताबमाथि । साँझतिरको समय, त्यसमाथि झरी पर्यो । एक घण्टाको कार्यक्रममा विजुली ५ पटक जति आइजाई गर्यो । तथापि कार्यक्रम ठीकै भयो । भोलिपल्ट बिहान कार्यक्रममा आइनपुग्नु भएका मित्र राजु क्षेत्रीको प्रश्न थियो– ‘के छ त्यस्तो तपाइँको किताबमा ? किन पैसा तिरेर किन्नु पर्ने ? किन समय खर्चेर पढनु पर्ने ?’

यस्तो ठाठाडो प्रश्नले फेरि म अक्क न बक्क भए । भने–‘ त्यस्तो धेरै केही छैन । तपाईले किन्नै पर्छ भन्ने पनि छैन, पढ्नै पर्छ भन्ने पनि छैन । एउटै किताब पढेर त्यस्तो धेरै के उद्युम हुन्छ र ?’

उनी हाँसे । भने– ‘मैले तपाईलाई खेरेको हैन । यो प्रश्न उठाएको कि रहरले लेखक हुने हैन । लेखक हुने इच्छा गर्नेहरुले पाठकलाई केही नयाँ दिन पनि सक्नु पर्दछ ।’ मलाई लाग्यो, फिदिममा जागिर खाने मेरा विद्यार्थी  ज्ञानेन्द्र सुवेदी र पोखराका मित्र राजुु क्षेत्रीको अपेक्षामा समानता छ । यी दुबैले मेरो किताब पढिसकेका थिएनन् । सैद्धान्तिक रुपमा लेखनको  नैतिक उत्तरदायित्वबारे प्रश्न मात्र उठाइरहेका थिए ।

फाल्गुन ७ गते किताब बजारमा जानु केही दिन अघि सुचना मैले फेसबुक र ट्वीटरमा राखे । यो सजिलो विज्ञापन अहिलेको युगमा सबैले गर्दछन, मैले मात्र नगर्ने कुरा भएन । ट्वीटरमा एक जनामा पाठकको प्रतिक्रिया थियो– ‘डम्बर दाई, तपाईका लेखहरु केही वर्षदेखि पढ्दै आइरहेको छु । भरसक छुटाउँदिन । तर तिनै लेखहरुलाई जम्मा गरेर किताब बनाउनु भएको रहेछ भने त्यो एकप्रकारको ठगी सरह हुनेछ मेरा लागि । तपाईको किताब किन्ने हतारो यसर्थ गर्दिन कि पहिले पढिसकेका शीर्षक हुन कि हैनन् भनेर विषय सूची हेर्छु ।’

यो प्रतिक्रिया पनि लेखक–सम्बन्ध र ठगीसंग जोडिएको थियो । पोखराको पुस्तक संवादमा लेखिका सावित्री गौतमले सोध्नुभाथ्यो– तपाईको किताब नोटहरुको संग्रह हो कि किताब लेख्नका लागि भिन्नै मेहनत पनि परेको छ।’ कम्प्युटर युगले लेखकलाई ‘कटपेस्ट’ को सुविधा दिएको छ । यसको उपयोग अहिलेको युगमा अरु लेखकले पनि अवश्य गर्दा हुन । मैले पनि गरेको छु । तर लेखहरुको कलेक्सन बनाउँनु, एकपटक पाठकले पढीसकेका कुरा फेरि पैसा तिरेर पढ्न बाध्य बनाउँनुलाई पाठकले ठगीको रुपमा हेर्लान भन्ने लागेको थिएन । मेरो किताब त्यस्तो हैन पनि ।

यसको अर्थ यो नलागोस कि यस बीच नेपालमा सबै नराम्रो लेखिएको छ । लेखकहरु सबै ठग भइसके । लेखकहरुले लेखकीय  उत्तरदायित्व बहन गर्न छोडिसके । थुप्रै राम्रो लेखिएको छ । तर पाठकका जुन प्रश्न यस बीचमा मैले सामना गरे, त्यसले भित्रैदेखि हुँडेल्यो । पाठकहरुको लेखकप्रति कति ठूलो अपेक्षा र विश्वास हुँदो रहेछ । त्यो धान्न भने पक्कै गाह्रो काम हो ।          

Monday, February 5, 2018

Basic Values of Alternative Politics



By dambar khatiwoda

Background:
In the late twentieth centuries, the socialist-called 'single-party dictatorship' and 'state economy' ruled out all over the world without some exceptions of China, North Korea, Cuba  Vietnam and Laos. it was claimed that  Neo- liberalism had been won over the all ideologies and political practices but not justified.

Thus, the people began to seek 'alternative democracy' and 'alternative economy'. Not only by anyone angle, but from multiple angles. There is not only in the framework of political system and economy, but for  philosophical methodology, mass life-style, democratic culture, inclusion of marginalization, working style of the state and administrative bodies, people searched for newness from many angles.

Up to twentieth-century what was called socialism, proletariat state or communist democracy; today people need the alternative of these things. And the alternative needs to What was called free open market economy based on perfect competition and liberal democracy of Multi-party parliamentary system That is, today the ideological calculations have come together . That is,  It is the 'Post-capitalist' and 'Post-communist' era at the same time. The world is passing through an unprecedented ideological crisis. Therefore,' the alternative politics' today has become an important question of the world.

In this context the building process of new parties has started from the end of the first decade of the century. These parties are not exactly the same in all countries and all aspects but there are many similarities among them.The examples are 'AAP' of India, Pakistan's 'Tehreek-e-Insaf', Italy's 'Five Star movement, Denmark's 'The Alternative' 'In Marche' of France etc. Basically, these parties have given emphasis on transparency, good governance, non-hierarchical inner-party democracies, social system based on equalities and participation of commons in the decision-making process.

In Nepal, be the Congress and the Communist parties have also become the two poles of the twentieth-century  political prejudices mentioned above.  Just as the world has an ideological crisis, these two parties in Nepal have been governing somehow for the last three decades. But development, good governance, well-cultured democracy and prosperity in the country has not been developed.

Therefore, in Nepal, the search of alternative democratic parties and alternative political polices and programs are a link to global crisis of neo-liberal and State-enteric socialist system. It is an effort to discover the new form of polity and economy in the era of post-communism and post-capitalism. In the epoch of postmodernism we need the different form than  the state-owned socialism and new-liberalism.It is not only global phenomena but also a special requirement of Nepal.

The debate of alternative politics in Nepal is the dynamic yield of both the processes of the country and the world. In Nepal, two major modern parties ' the Congress' and 'the Communist' have been ruined by the inefficiency, abnormalities, deafness and despair. This reality can not be understood by sitting in the boundary of twentieth century's analytical method. This specific requirement can not be observed by old knowledge.  Hence, the alternative politics is the process of 'updating' political philosophies, ideologies, polices and programs

Campaign of Positive Thinking:
In the mainstream existing politics opposing a other parties and ideologies, treat them as enemies is common culture.They are blaming and condemning each other as corrupted, abused and reason of all evils. Covering the mistakes of others is considered to be the art, skills and ability of politics.

Alternative politics is far different from this trend. It does not condemn to all old, rivalry and competitive parties. It does not claim to they all did evils. Towards the old parties it has a positive view of the good things they do. They did very things better in the past history.  The alternatives think that Competition between real competitors may be 'excellence is born'. Therefore alternative politics is a positive thinking campaign throughout the world.

Nobody is an enemy in democratic politics. The use of words like 'class enemy' is not explicit. People are in different parties and ideas by the difference of attitude. No one has to be enemy. The competition in democracy is not among Poor and bad not only of good and evil but among good, better and the best. It is the thinking of alternative politics to transforming democracy into a competition of good and good.

Out of the scriptures, with life:
Fundamentals have strong influence on classical trends. They make a promise, ideology, path, tradition or ideology of moral life. In fact, this kind of thinking begins with a kind of inertia. In fact, the scriptures are never more important than life.

Life is not for a promise, ideology, path or ism but promises are for life.  Ideology, path or ism is for life. When there is a contradiction between the principles and life, alternative politics leaves the principles. Lives life. Hence, alternative politics is outside of scriptures and with life.

Alternative politics sees views and party as a tool, as a mean not as an end as a destination. If a thought loses the ability to improve the society and the country, it is not necessary to die for it and believe on it. New ideas can be made. New philosophy can be created. New principle can be created. The idea, philosophy, or principle is not to be protected by absolute faith; they are believed to be something new to create.

The party is the same thing. The party is not a temple, mosque or church. When the party loses ability to prosper the country and the nation it can be left and a new party can be created. The party is also believed to be created by people.

This does not mean that alternative politics is thoughtless, theory-less and ideology-less anarchist view.  Rather, its ideological concepts are more advanced, sophisticated, consistent, practical and pragmatist.  It creates an idea that can be clear, transparent and can be applied immediately. It does not want mold to society according to the scriptures. It molds the scriptures according to the desire of the society.

The five beliefs:
The first belief in alternative politics is that every alternative can be an option. Nothings are option-less in the word. One has said that 'God may have the option, why not the concept of thinking?' When nature, universe is dynamic itself, naturally human society is also dynamic.

Alternative politics has thought that any 'set theory', 'grand narratives' or 'common faith of society' depend on certain time and space.And then it is relevant or irrelevant  or 'merge' in each other. The society does not have the same 'set theory' or 'grand narratives' in any particular period like any other period of time.If it remains; it becomes inauspicious, due to oldness and starts to hurt the society.

The second belief of alternative politics is not bothering on prejudices of past.  It is a future-looking think. What and where happened yesterday, where was it, that happened is not so outstanding to future. History divides and hopes of future unites. Another interesting point on history is- The purpose of studying history is to make its 'interpretation' but even the 'beautiful interpretation can not change the facts of history, but it can create a history newly. Hence, there is no need for anyone to stay in history of past in alternative politics. History should be read. Interpretations can make for learning and lessons.

The third belief of alternative politics is a positive thinking. It is considered to be the key to 'projection' their thoughts rather than being opposed to others. Therefore, there is no 'space' for the reflection of anti-ideas in assemblies, discourse, speeches, interviews, articles, documents. Instead, efforts are being made to keep their plans known to their people.

The fourth belief of alternative politics is to create great messages from the small works. The ability to do great works is not with anyone in the world. The small work of all is a great task. Great homes are made of small bricks. If everything is left as small things there is nothing left the great.Therefore, the improvement of self-reliance is to be done by the strategy that will be a major improvement.

The fifth faith is the most importance to human relations and happiness of mass. Those who do alternative politics do not hurt people's self esteem.  How people can be happy and joyful should always be careful about it. It should not be assumed that the price of big things like party, revolution, principles, if the people suffer from it no meaningful. Parties, politics revolutions and principles are to be for people.

Politics has only developed politics and economics, the effort of alternative politics is also to develop happinomocs. Happiness is most to creation.  Without creation, good ideas are not born. Without the good ideas, creative power does not arise. Without creative power, there is no positive result.

The progressive Option:
Alternative politics does not work to leave the Left and keep right. It is not an alternative politics to return to the monarchy or conservatism. The alternative politics is to be believed to be better, more efficient, more beautiful, more human and more pioneer than all the basic fundamentals. So this is a progressive campaign. This is not a follow-up campaign. this is also a campaign to build.

Therefore the alternative politics is not the left only, nor only the democratic, but the left-democratic. Its agendas are left-hand, methods and processes are democratic.The alternative politics does not walk by the deer or daddy. It does not make the destination sloping towards the left or on the side. Instead, the dynamic balance of both feet moves towards the front. It is also known as 'Frontism' but neither left nor right only.

Electoral Future of Alternative Politics in Nepal:
Many people think that the topics raised, content advocated, agendas debated by alternative politics in Nepal are good. The concept is the best. But its electoral future is not sure.They think the party which has agendas of alternative politics cannot be extended among voters in countries like Nepal. Voters want the parties' throughout the massive revolutions to caste the vote. 

The purpose of politics is to facilitate the dynamics of society not to win the election always. It may take some time. But the public is discretionary. They do not have any prejudice to anyone. They watch some time to examine but doesn't upset and opposed to alternatives.

In the recent election, there were two parties claiming the Alternatives- NayaShakti Party, Nepal and The BibekshilSajha Party. If connecting the two parties' votes, the volume was more than the National threshold. This is not so unusual at such a short period of time. In the first election, alternative politics has become Nepal's 'Political Trend'. It is not a joke. Now, 5 years of exercise and hard work is also a great time. The next election can be expected to be good.


Friday, January 19, 2018

नेपालका कम्युनिष्टहरु साँच्चै ‘कम्युनिष्ट’ नै हुन त ?


डम्बर खतिवडा

(१)
यतिखेर नेपालमा कम्युनिष्टहरु सफलता र लोकप्रियताको चरमचुलीमा छन । भरखरै सम्पन्न प्रादेशिक तथा प्रतिनिधिसभाको निर्वाचनमा उनीहरुले उल्लेखनीय जित हासिल गरेकाछन । सबै कम्युनिष्ट पार्टीहरु एमाले–माओवादी–मसाल (राष्ट्रिय जनमोर्चा) आदिले पाएको लोकप्रिय मत जोड्दा ५० प्रतिशतको नजिक छ भने सीटको हिसाबले उनीहरु झण्डै दुईतिहाईको नजिक छन ।
केन्द्रमा ‘बाम गठबन्धन’ को सरकार संघारमा छ । देश संघीयतामा गएसंगै पहिलो पटक रचना गरिएका ७ मध्ये ६ प्रदेशसभामा उनीहरुले सरकार चलाउँन सुविधाजनक बहुमत पाएकाछन । संघीय मुलुकहरुमा यस स्तरको निर्वाचन परिणाम विरलै पार्टी वा गठबन्धनका पक्षमा प्राप्त हुने गर्दछ । यो सफलतालाई कुनै पनि अर्थमा सानो, थोरै, कमजोर, सामान्य वा अनुल्लेखनीय मान्न सकिन्न ।
कम्युनिष्टहरुको यो सफलतासंगै ‘कम्युनिष्ट’ शब्दको चर्चा र प्रयोग पनि उत्तिकै बढ्दै गइरहेको छ । हुनतः कम्युनिष्ट शब्द नेपाली समाजका लागि कुनै नयाँ हैन । २००६ सालमा नेकपाको स्थापना हुनु अगाडिदेखि नै यो शब्द नेपाली राजनीतिमा प्रयोग भइरहेकै थियो । तर यो शब्दलाई सबैले आआफ्नो राजनीतिक स्वार्थ र अनुकुलतामा प्रयोग गरिरहेका थिए,गरिरहेकै छन । 
कम्युनिष्ट समर्थकहरुले यो शब्दबाट ‘गरिब, विपन्न र सर्वहारा श्रमजिबी बर्गको मुक्तिदाता’ राजनीतिक आन्दोलनको अर्थमा बिम्ब निर्माण गर्न खोजे । विरोधीहरुले  हिजोको सोभियत संघ र आजको चीनको जस्तै ‘ एकदलीय अधिनायकवादी सत्ता’ को अर्थमा प्रयोग गर्न खोजे ।
यथार्थमा जाने हो भने यी दुबै बिम्बमा आआफ्नो प्रकारको अर्थसंकट व्यप्त छ । पहिलो तर्कप्रणालीको आधिकारिता स्वयं कम्युनिष्ट पार्टी र त्यसका नेताहरुमा हुनु स्वभाविकै हो । भरखरै एउटा राष्ट्रिय दैनिकलाई दिएको अन्तर्वार्तामा यो संकटलाई सबैभन्दा ठूलो कम्युनिष्ट समूह एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वीकार गरेका छन । उनले भनेका छन– नेपालका कम्युनिष्टहरु ‘फिलोसफिकल’ वा ‘आइडोलजिकल’ कम्युनिष्टहरु हैनन्, ‘पोलिटिकल’ कम्युनिष्टहरु मात्र हुन । बुझ्नेका लागि यो भन्दा ठूलो स्वीकारोक्ति अरु केही चाहिँदैन ।
दोस्रो तर्क पद्धतिले कम्युनष्टिहरुको जुन बिम्ब निर्माण गर्न खाजेको छ, त्यो शीतयुद्धकालिन चेतनामा आधारित छ । सन् १९१७ मा रुसी अक्टोबर क्रान्ति हुनु अघि संसारका कम्युनिष्टहरु एकदलीयतामा विश्वास गर्दैनथे । सन् १९८९–१९९१ मा एक दलीय कम्युनिष्ट सत्ताहरुको विश्वव्यापी पतनपछि फेरि कम्युनिष्टहरुले एकदलीयताको मोह त्याग गरेकाछन । हुनतः अहिले पनि चीन, उत्तरकोरिया, क्युवा, लाओस र 

भियतनाममा एकदलीय कम्युनिष्ट सत्ताहरु कायमै छन । त्यसमध्ये उत्तरकोरियाको ‘किम वंशको शासन’ सबैभन्दा बदनाम छ । क्युवाका फिडेल क्यास्त्रो पनि भाईलाई सत्ता हस्तान्तरण गरेर परलोक भए । यिनै यथार्थहरुलाई आधार मान्ने हो भने ‘कम्युनिष्टहरु सत्ता आए एकदलीय अधिनायकवाद लाद्ने छन’ भन्ने भाष्य ठीकै हुन्थ्यो होला । तर यो २०४६ पछि नै नेपाली जनता र मतदाताले नपत्याएको भाष्य हो । नेपाली कांग्रेसले यसपटक पनि त्यही भाष्य उपयोग गर्न खोजेको विदितै छ, जुन विकेन भनेर सबैले भनिराखेकै छन ।
यहाँनेर प्रश्न उठ्छ,  नेपाली मतदाताले कम्युनिष्टको दोस्रो बिम्ब किन पत्याएनन् त ? यसका मुख्य दुई वटा कारणहरु छन । पहिलो कारण–नेपालका आम मतदाताले संसारका सबै कम्युनिष्ट मुलुकहरुको इतिहास नपढ्को, नदेखेको, नबुझेको, अनुभव नगरेको हुनु स्वभाविकै हो । तसर्थ ती देशमा के भएको थियो, त्यो नेपाली मतदाताका लागि खासै महत्वको कुरा भएन । नेपालका कम्युनिष्टहरुलाई नेपाली मतदाताले नेपालकै सन्दर्भबाट हेर्छन । नेपालका सन्दर्भबाट हेर्दा नेपाली कम्युनिष्टहरुले पंचायत र राजतन्त्रको विरुद्धमा, सामन्तवाद र रुढीवादका विरुद्धमा आमचेतना र निर्णायक संघर्ष निर्माण गर्न अभूतपुर्व योगदान, त्याग र वलिदान गरेकाछन । नेपाली कांग्रेसले ‘विदेशी सन्दर्भबाट टिपेका दुईचार वटा आरोप’ लगाउँदैमा मतदाताले पत्याउँने कुरै आउँदैन ।
दोस्रो कारण– स्वयं नेपालका कम्युनिष्टहरुले आफ्नो इतिहास, दर्शन र विचारधारासंगको ‘लिगेसी’ निरन्तर परित्याग गर्दै जानु हो । नेपालका कम्युनिष्टहरुले कहिल्यै पनि ‘लोकतन्त्र, प्रजातन्त्र, बहुदलीय व्यवस्थाका विरुद्धमा जाने छौं’ भन्न सकेका छैनन् । २०१५ सालको आम चुनावमा कम्युनिष्ट पार्टीले भाग लिएकै थियो । २०१७ पछि पुष्पलालले ‘विघठित संसदको पुनस्र्थापनाको लागि संयुक्त जनआन्दोलन’ गरौं भनेर कांग्रेसलाई भनेकै हुन । २०३६ सालको जनमत संग्रह ‘केही दिन बहिष्कार’ गरे वापत तत्कालिन मालेले सार्वजनिक आत्मआलोचना गरेर बहुदल पक्षलाई सहयोग गरेकै हो ।
२०४६ सालमा बाममोर्चा पंचायत विरोधी जनान्दोलनको एउटा महत्वपूर्ण हिस्सा छदै थियो । जनयुद्धकै बीचमा माओवादी नेता प्रचण्डले ‘संसदवादी दलहरु गणतन्त्रवादी हुन तयार छन भने हामी बहुदलवादी हुन तयार छौं’ भनेकै हुन । उपयुक्त अवसर छानेर उनले ‘प्रचण्डपथ’ स्थगन गरिदिए । आफूलाई ‘जनताको बहुदलीय जनवादी’ भन्ने पार्टीसंग एकता गर्न अहिले उनी राजी छन ।
जनान्दोलन २०६२÷२०६३ मा कम्युनिष्टहरुको योगदान घाम जत्तिकै छर्लङ्ग छ, चर्चा गर्न नै जरुरी छैन । यहाँसम्म कि एमालेभित्र ‘लेनिनवाद’ परित्याग गर्नु पर्ने बहस चलेकै छ । एमाले–माओवादी एकतापछि  लेनिनवाद हट्ने संभावना उत्तिकै छ । यहाँसम्म कि बैद्य र विप्लबजस्ता ‘क्रान्तिकारी कम्युनिष्ट’ हरुले पनि ‘हामी संसदीय प्रणालीको मात्र विरुद्धमा हौं, बहुदलीय लोकतन्त्रको विरुद्धमा  हैनौं’ भन्दै आएकाछन । यतिको कुरा त कांग्रेसभित्रै प्रदीप गिरी, नरहरि आचार्य र गगन थापाले पनि गरेकै हुन ।

यी यथार्थले के सिद्ध गर्दछ भने नेपालका कम्युनिष्टहरु लेनिन, स्टालिन, माओ, किम, होचिमिन्ह वा क्यास्त्रोको लिगेसीलाई धान्ने मनोवल भएका वा त्यसलाई सखारेका कम्युनिष्टहरु हैनन् । यी १९१७ अघिका र सन् १९९० पछिको अवस्थाका कम्युनिष्टहरु हुन जसलाई यी बीचको अबधिको आरोपले खासै काम गर्न सक्दैन ।
यहाँनेर स्मरणीय अर्को कुरा के छ भने नेपालमा कम्युनिष्ट पार्टीको स्थापनाकालदेखि नै चार प्रकारको स्कुलिङ्ग थियो । पहिलो– पुष्पलालको,  दोस्रो– मोहनविक्रम सिंहको, तेस्रो–मनमोहन अधिकारीको, चोथो–केशरजंग रायमाझीको ।
आजका मितिसम्म आइपुग्दा यी चारवटै धारहरु एकीकृत भएका छन । केशरजंग रायमाझीको विरासत उनको पलायनपछि बर्मा, मानन्धरजस्ता समूहले बोेकेका थिए । त्यसको पछिल्लो कडी नेकपा(संयुक्त) यो चुनावमा माओवादी केन्द्रमा विलय भयो । मोहन विक्रमसंगको मसाल  प्यूठान र बागलुङ्गमा सहकार्य गरेर जोडियो । चुनावी सभाहरुमा उनले पनि ‘एकीकृत कम्युनिष्ट’ पार्टीको युग शुरुवात भएको भाषण गरे । त्यसैको विरासतबाट बनेको माओवादी केन्द्रको स्थिति सबैलाई थाहा छँदैछ । मनमोहन र पुष्पलालको स्कुलिङ माले– माक्र्सवादी एकीकरणमै एक भइसकेका थिए । यी दृष्टान्तले के अर्थ दिन्छ भने जसरी नेपालका कम्युनिष्टहरु अन्तर्राष्ट्रिय रुपमा सन् १९१७ अघिको अवस्थामा छन, राष्ट्रिय रुपमा विस २०१९ भन्दा अघिको अवस्थामा छन ।
(२)
वास्तवमा कम्युनिष्ट थियो के ? यो ऐतिहासिक रुपमा कसरी विकसित भएको थियो ? कुन परिस्थितिले उनीहरुलाई यहाँसम्म ल्याओ ?     
कम्युनिष्ट शब्द ल्याटिन भाषाको  ‘कम्युनिस’ हुँदै फ्रान्सेली भाषामा भित्रिएको थियो । फ्रान्समा मात्र हैन, युरोपका केही देशमा आज पनि स्थानीय राजनीतिक एकाई वा सामुदायिक ढाँचाको संगठनलाई जनाउँन ‘कम्युन’ शब्द प्रयोग गरिन्छ । सन् १७७७ मा फ्रान्सेली लेखक भिक्टर डिहुपेले पहिलोपटक ‘कम्युनिज्म’ शब्द प्रयोग गरेका थिए । उनले स्थानीय तहको राजनीतिक एकाई वा सामुदायिक भावनाको सवलतामा जोड दिन यो शब्द प्रयोग गरेका थिए । 
कार्ल माक्र्स र फ्रेडरिख एंगेल्सले  सन् १८४८ मा ‘कम्युनिष्ट मेनुफेष्टो’ लेखेपछि यो शब्द विश्व राजनीतिमा तीव्र विस्तार भयो । त्यसअघि युरोपको ‘सामाजिक जनवादी’ आन्दोलनमा ‘कम्युनिष्ट’ को साटो ‘सोसलिष्ट’ मात्र प्रयोग गरिन्थ्यो ।  घोषणापत्रमा ‘कम्युनिष्ट’ किन लेख्नु पर्यो भन्नेबारे सन् १८८८ मा प्रकाशित  कम्युनिष्ट घोषणापत्रको अंग्रेजी संस्करणको भूमिकामा सहलेखक फ्रेडरिख एंगेल्सले भनेकाछन ‘समाजवाद शब्द सामान्यकृत भयो । व्रिटेनका ओवेनिष्ट र फ्रान्सका फुरियरिष्टहरुले यसको धेरै प्रयोग गरे । यसले मध्यम वर्गको राजनीतिक आन्दोलनलाई बुझाउँन थाल्यो । त्यसबाट फरक गर्न, सर्वहारा आन्दोलनको अर्थ दिन, ‘कम्युनिष्ट’ शब्द प्रयोग भएको हो ।’
‘कम्युनिज्म’ को अनुवाद भारोपेली भाषा परिवारका दक्षिण एशियाली भाषामा ‘साम्यवाद’ हुनुपथ्र्यो वा ‘समुदायवाद’,  यो अर्को बहसको विषय हो । ‘साम्यवाद’ र ‘समुदायवाद’ झटट् सुन्दा उस्तै लागे पनि दुबैको अर्थ एकै हुँदैन । ‘साम्यवाद’ शब्दले सबै मान्छे सबै हिसाबले बराबर वा एकाम्य भएको÷हुनसक्ने अर्थबोध गर्दछ, जुन असंभव कुरा हो । त्यसमा पनि साम्यवादको मुख्य जोड आर्थिक समानतामा देखिन्छ । त्यसले मानिसका बहुआयामिक अस्तित्व, चाहना र आवश्यकताबारे  कमै महत्व दिएको पाइन्छ । 
‘समुदायवाद’ ले सामुहिकतामा आधारित सामाजिक तथा आर्थिक प्रणालीको अर्थबोध गराउँदछ । वर्गविहीन, राज्यविहीन, निजीसम्पतिविहीन र अतिरिक्त मूल्यविहीन समाजको अर्थवोध गराउँने पहिलो अर्थबाट नेपालका मात्र हैन संसारभरिकै कम्युनिष्टहरु विमुख भइसकेका छन  । दोस्रो सामुहिकतामा जोड दिने अर्थमा ‘समुदायवाद’ सायद अहिले पनि प्रासंगिक छ । एक क्षणलाई सिद्धान्तको कुरा छोडेर व्यवहारको कुरा मात्र गर्ने हो भने नेपालका कम्युनिष्टहरु ‘साम्यवादी’ त हैनन् हैनन् उनीहरु ‘समुदायवादी’ पनि हुन सकिरहेका छैनन् ।
रुसी अक्टोबर क्रान्तिभन्दा अघि माक्र्सवादी पार्टीहरुले आफूलाई ‘कम्युनिष्ट पार्टी’ भन्दैनथे । स्वयं लेनिनको पार्टीको नाम ‘रुसी सामाजिक जनवादी मजदूर पार्टी’ थियो । २०१७ को अक्टोबर क्रान्तपछि लेनिनले आफ्नो पार्टीको नाम फेरेर ‘कम्युनिष्ट’ बनाएसंगै ‘लेनिनवाद’ समर्थक ‘सोसलिष्ट’हरुले नाम फेरेर कम्युनिष्ट बनाए । कम्युनिष्ट पार्टीहरुको अन्तर्राष्ट्रिय संगठनका रुपमा ‘कोमिन्र्टन’ गठन गरियो । ठीक यही परिदृष्य सन् १९९० पछि देखिन्छ । तिनै पार्टीहरुले फेरि आफ्नो नाम फेरे कम्युनिष्ट बाट सोसलिष्ट बनाए । त्यसको सबैभन्दा गतिलो उदाहरण युगोस्लाभियाको स्लोवोदान मिलोशोविचको पार्टी थियो जसले युगोस्लाभियाली कम्युनिष्ट पार्टीको नाम फेरेर सर्वियाली समाजवादी पार्टी बनायो ।
यहाँनेर जोड दिन योग्य अर्को कुरा के हो भने माक्र्सवादी दर्शन वा समाजवादी आन्दोलनका अनुयायीहरुले त्यतिखेरै पनि सबैले आफूलाई कम्युनिष्ट भन्दैनथे । लेनिनवाद माक्र्सवादको एक मात्र आधिकारिक भाष्य थिएन । माक्र्सकै पालामा एडवर्ड बर्नस्टिनले माक्र्सको भन्दा फरक लोकतन्त्र सहितकै समाजवादको कुरा गरेका थिए । कार्ल काउत्स्की वा रोजा लम्जेम्बर्गजस्ता माक्र्सवादी चिन्तकहरुले बहुदलीय लोकतन्त्रसहितकै समाजवादी आन्दोलनमा जोड दिन्थे । सोभियत संघमा स्टालिनको उदयपछि पश्चिम युरोपेली एन्टोनियो ग्राम्स्की, पामिलो ट्याँगिलियाती, मिलोवन द जिलास, सान्टिआगो कैरिल्लो जस्ता चिन्तकहरु बहुदलीय लोकतन्त्रसहितकै कम्युनिष्ट आन्दोलनको पक्षमा थिए जसलाई ‘युरोकम्युनिज्म’ भनिथ्यो । 
कम्युनिष्टहरुले पनि बहुदलीय प्रणाली मान्नु पर्छ भन्ने विचार नेपालमा मदन भण्डारीले जनताको बहुदलीय जनवाद ल्याएर भएको हैन । त्यो लेनिन कै पालादेखिको एउटा फरक धार थियो । तर अरु माक्र्सवादी चिन्तकहरु लेनिनझैं सत्ता हत्याउन सफल भएनन् । लेनिनले रुसमा सत्ता हत्याउँन सफल भएको कारण लेनिनको धार विश्वव्यापी रुपमा बढी प्रचार भयो । अरु चिन्तकका विचारको खासै प्रचार हुन सकेन ।
नेपालका कम्युनिष्टहरु पनि त्यही धारको शिकार भए । उनीहरुले लेनिनको जन्मदिन अप्रिल २२ को दिन परेर पार्टी स्थापना गरे । तर आज उनीहरु बुझ्न बाध्य भएकी अबको दुनियाँ लेनिनवादी साम्यवादको हैन, तसर्थ उनीहरुले ऐतिहासिक विरासतलाई छद्यम रुपमा जोगाउँदै बर्नस्टिन, काउत्स्की, रोजा, ग्राम्स्की, दजिलास र कैरिल्लोको लाइनमा आएका हुन ।     
नेपालको कम्युनिष्ट साहित्य र बौद्धिकचिन्तनमा कुनै समय ‘एक पार्टी प्रणाली’ प्रति विशेष मोह थियो नै । सन् १९९० अघिसम्म  उनीहरुले रुसको ‘सोभियत प्रणाली’ र चीनको ‘संयुक्त जनवादी अधिनायकत्व’ लाई आदर्श राज्यप्रणालीमा रुपमा ग्रहण गर्दथे । त्यही अर्थमा उनीहरुले लेनिनवाद÷ माओवादलाई मार्गदर्शक सिद्धान्तको मान्यता दिए । ती प्रणालीमा वैचारिक स्वतन्त्रता, दलीय व्यवस्था र आवधिक निर्वाचन हुँदैनथ्यो भन्ने कुरा पनि उत्तिकै प्रष्ट हो । नेपालको कम्युनिष्ट आन्दोलनबाट यस्तो चिन्तनलाई हटाउँन मदन भण्डारीले उल्लेख्य भूमिका गरे ।
पूर्वी युरोप र सोभियत संघमा साम्यवादी व्यवस्थाको पतन मदनका लागि उचित अवसर बन्यो । मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ मार्फ्त त्यस्ता सोचमाथि तीव्र प्रहार गरे । उनले रुस, चीन कै  दर्शन, विचार र प्रणालीको लिगेसीबाट जन्मिएको पार्टीमा तिनै विचारको रक्षा गरेजस्तो भान वा प्रतिति हुने गरी तिनै विचारलाई पराजित  गरे । भण्डारीले बहुदलीय जनवादमा ‘लेनिनवाद कायमै  राखेर संसदीय प्रणाली अपनाउँने’ पार्टीका रुपमा एमालेलाई फेरे । वस्तुतः भण्डारीले भनेको जनताको बहुदलीय जनवाद र लेनिनवादका बीचमा कुनै तारतम्य र संगति थिएन । यो कुरा भण्डारी राम्ररी बुझ्दथे । तर व्यक्त गर्दा पार्टीपंक्तिले नपचाउँने र कार्यनीतिक स्टेप नमिल्ने हुँदा त्यसलाई उनले अनदेखा छोडिदिए ।
यो कुराको आधिकारिकताका लागि एमालेकै केही जिवित नेताहरु छन । उनीहरुले यो कुरा यो लेखकसंगको व्यक्तिगत भेटघाटमा स्वीकार गरेका छन । उहाँहरुको राजनीति जीवनमा पर्ने असरलाई ध्यान दिँदै यहाँ नाम उल्लेख गर्न चाहन्न । तर उनीहरुको भनाईमा ‘मदन भण्डारी यो कुरा राम्ररी बुझ्दथे, नेपालमा उग्रकम्युनिष्ट चिन्तनको प्रभाव कायमै भएको हुँदा हतारो गर्नु हुँदैन’ भन्ठान्दथे ।
भण्डारीले गर्न नसकेको यही काम आज घनश्याम भुषाल गर्न खोजिरहेकाछन । एमालेमा भूषालीय चिन्तनको मुख्य विन्दू वा उनको बौद्धिक लोकप्रियताको आधार यही नै होे । यस अर्थमा एमालेको बहुदलीय लोकतन्त्रप्रतिको निष्ठामा शंका गरिरहन आवश्यक छैन । उसका लागि ‘कम्युनिज्म’ पार्टीको ‘ओरिजिन’ र इतिहासप्रतिको लिगेसी मात्र हो । माओवादी केन्द्रको कुरो हिजो फरक थियो । आज भने उसको नियति पनि एमालेको भन्दा खासै फरक छैन । हिजोआज त प्रचण्ड आफै ‘मदन भण्डारीको सपना पुरा गर्ने’ वाचा गर्दै हिडिरहेकाछन ।
तसर्थ नेपालका कम्युनिष्ट पार्टीहरुलाई अब रुसी क्रान्ति अगाडिको समाजवादी आन्दोलनको अवस्थाबाट, शीतयुद्धको अन्त्यपछिका कम्युनिष्टका रुपमा, बहुदलीय व्यवस्थाभित्रको प्रतिस्पर्धी दलका रुपमा  हेर्नु बढी सही हुन्छ । उनीहरुसंग प्रतिस्पर्धा गर्ने रणनीति पनि सोही अनुरुप बनाउनु राम्रो हुन्छ । ओलीले आफूहरुलाई दार्शनिक तथा विचारधारात्मक कम्युनिष्टका रुपमा हैन, राजनीतिक कम्युनिष्टका रुपमा मात्र बुझिदिन गरेको आग्रहको सार त्यही हो ।
(३)
कम्युनिष्ट विचार वास्तवमा के हो ? नेपालका कम्युनिष्टहरु ‘नामले मात्र कम्युनिष्ट’ हुन कि साँच्चै ‘कम्युनिष्ट’ हुन भनेर अझ राम्रो बुझ्न विश्व राजनीतिमा कस्ताकस्ता विचारधाराहरु छन, तिनीहरुको बीच  केके समानता वा भिन्नता छ भनेर बुझ्न आवश्यक हुन्छ ।
विश्वराजनीतिमा भएका विचारधारालाई सरसर्ती १० भागमा बाँड्न सकिन्छ । ती हुन–उदारवाद (लिवरलिज्म), सम्बद्र्धनवाद (कन्जर्भेटिज्म), साम्यवाद (कम्युनिज्म ), समाजवाद (सोसलिज्म), राष्ट्रवाद ( नेशनालिज्म), फासीवाद ( फासिज्म ), धार्मिक कटट्रतावाद (फन्डामेन्टालिज्म), संघवाद ( फेडेरालिज्म ) जैविकतावाद (इकोलजिज्म), अराजकतावाद (अनार्किज्म) ।
‘लिवरल’ शब्द ल्याटिन भाषाको ‘लिवर’ बाट बनेको मानिन्छ । यसको अर्थ हुन्छ– ‘फ्रि’ अर्थात् स्वतन्त्र । यो शब्दको प्रयोग पुनर्जागरणकालमा नै प्रारम्भ भइसकेको थियो । विशेषतः कलाक्षेत्रमा सृजनशील धारलाई ‘लिवरल आर्ट’ भन्ने चलन थियो । भनिन्छ–सन १८१२ मा पहिलो पटक स्पेनमा ‘लिवरल’ शब्दको राजनीतिक गरिएको थियो । लिवरल दर्शनको मुख्य पक्ष – फ्रिडम अर्थात् राजनीतिक स्वतन्त्रता हो । वेलायत दार्शनिक, आर्थिक र राजनीतिक– तिन वटै पक्षबाट उदारवादी विचारधाराको जननी मुलुक हो । पछि यसका मुख्य अनुयायी फ्रान्स र अमेरिका बन्न पुगे ।
विश्वका तीन ठूला राजनीतिक क्रान्तिहरु वेलायतको गौरवमय क्रान्ति, फ्रान्सेली राज्य क्रान्ति र अमेरिकी स्वतन्त्रता संग्राम– यही विचारधारासंग जोडिएका थिए । दर्शनशास्त्रीय हिसाबले जोहन लँक, अर्थशास्त्रीय हिसाबले आडम स्मिथ र राजनीतिक हिसाबले ह्वीङ्ग पार्टीलाई वेलायतमा उदारवादको आधारशीला मान्न सकिन्छ ।
उदारवादी विचारधाराका मुख्य दुई तत्वहरु छन । फ्रि म्यान ( स्वतन्त्र व्यक्ति ) र फ्रि मार्केट ( स्वतन्त्र बजार) । संगसंगै यसमा केही सहयोगी सिद्धान्तहरु जोडिएर आउँछन । जस्तै, व्यक्तिको सार्वभौमसत्ता, विचार अभिव्यक्ति र संगठनको स्वतन्त्रता, बहुलवादी राजनीति र दलीय स्वतन्त्रता, आबधिक निर्वाचन, निजी सम्पतिको अधिकार, पेशा व्यवसाय छनौट, अबलम्बन र परित्यागको अधिकार, योग्यतातन्त्र, विधिको शासन, शक्तिपृथकीकरण, स्वतन्त्र न्यायलय, सामाजिक विविधताप्रति सहिष्णुता, धार्मिक स्वतन्त्रता अझ कतिपय देशमा धर्म निरपेक्षता आदि ।
जसरी लिवरल विचारधाराको मुख्यतत्व ‘स्वतन्त्रता’ हो, त्यसरी नै सम्बद्र्धनवादी ( कन्जर्भेटिभ )  विचारधारको मुख्यतत्व ‘परम्परागत संस्कृति, समाजको मौलिक चरित्र र नैतिक मूल्यको संरक्षण’ हो । राजनीतिक क्रान्ति वा सामाजिक परिवर्तनहरुले समाजको परम्परागत सदभाव र मर्यादा, नैतिक मूल्य, पदसोपानक्रम र जीवनपद्धतिलाई खलल नपुर्याओस भन्ने चिन्ताबाट सम्बद्र्धनवादी विचारधाराको जन्म भएको हो । सम्बद्र्धनवादीहरुमा प्रत्यक्ष÷परोक्ष दैवीशक्तिको सिद्धान्तमा विश्वास हुन्छ । विशेषतः वेलायती गौरवमय क्रान्तिको सामाजिक प्रभावबाट आत्तिएका कुलिनहरुले यस्तो चिन्तनलाई अगाडि बढाए । वेलयाती राजनीतिमा उनीहरुलाई अनौपचारिक रुपमा ‘टोरी दल’ भन्ने गरिन्थ्यो । सन् १८३० देखि उनीहरुले घोषित रुपमा नै ‘कन्जर्भेटिभ पार्टी’ भन्न थाले ।
अमेरिकाका रिपब्लिकनहरु धेरै हदसम्म सम्बद्र्धनवादी विचारको नजिक मानिन्छन । क्यानडामा सन् १८३४ मा ‘क्यानडाको टोरी’ भनिने ‘लिवरल कन्जर्भेटिभ पार्टी अफ क्यानडा’ बनेको थियो । उन्नाइशौं शताब्दिमा युरोपमा सम्बद्र्धनवादी विचारधारको प्रभावमा ‘क्रिश्चियन डेमोक्र्याटिक’ पार्टीहरु गठन गर्ने लहर नै चल्यो । त्यसमध्ये जर्मनीको ‘क्रिश्चियन डेमोक्र्याटिक पार्टी’ प्रभावशाली र सफल पार्टी मानिन्छ ।
सम्बद्र्धनवादी विचारधाराको प्रभाव युरोप र क्रिश्चियन समुदाय मात्र देखिएको हैन, मुस्लिम, बुद्धिष्ट, हिन्दू समाज र राष्ट्रहरुमा पनि यसको गहिरो प्रभाव छ । विश्वका सबैजसो मुस्लिम जनसंख्या बहुल देशले संविधानमा नै ‘इस्लामिक राष्ट्र’ घोषण गरेकाछन । मध्यपूर्वमा भएका इस्लामिक क्रान्तिहरु विशेषतः इरानमा खुमेनीको इस्लामिक क्रान्ति इस्लामिक सम्बद्र्धनवादकै अभिव्यक्ति थियो । जापानको ‘लिवरल डेमोक्र्याटिक पार्टी’ को जन्म हुनुमा ‘जेन बुद्धिज्म’ आधारित चिन्तनको गहिरो प्रभाव थियो । तिब्बतको ‘लामा राजनीति’ ‘लामा बुद्धिज्म’ आधारित सम्बद्र्धनवादको प्रतीक हो । इजरायली राजनीतिमा रहेको पालेष्टाइन विराधी भावना यहुदीवादी सम्बद्र्धनवादमा आधारित देखिन्छ । भारतको जनसंघ तथा शिवसेना राजनीति,  विजेपीको उदय र नेपालमा राप्रपाको अस्तित्वआदि सम्बद्र्धनवादी विचारधाराकै उदाहरण हुन ।
सम्बद्र्धनवादी विचारधारामा सामाजिक बेथिति परम्परागत मूल्य, मान्यता, संस्कार र संस्कृति  छोडेका कारणले सृजना भएको हो । समाज हिजो ठीक थियो । स्वतन्त्रता खोज्ने, समानता खोज्ने नयाँ चिज खोज्ने नाममा पुराना चिजहरुलाई भत्काइए । त्यही भएर समस्या आयो । समाजको मौलिक चरित्र, पुराना संस्था, मूल्यमान्यता,  संस्कार र प्रचलनमा फर्किनु पर्दछ, समाज आफै राम्रो हुन्छ भन्ने सम्बद्र्धनवादीहरुको सोच हुने गर्दछ । सम्बद्र्धनवाद आफैमा एक सृजनशील विचारधारा हैन । यो क्रान्ति र परिवर्तनको भयबाट उत्पन्न हुने ‘प्रतिक्रियात्मक विचार’ भएको हुँदा यसलाई प्रतिक्रियावादी तथा प्रतिगामी विचार पनि भनिन्छ ।
विश्व राजनीतिको तेस्रो शक्तिशाली विचारधारा साम्यवाद हो । यस विचारधाराकै बारेमा यो लेख केन्द्रित भएको हुँदा यहाँ लामो चर्चा गरिएको छैन । यति भनौं कि जसरी उदारवादको मुख्यचिन्तन तत्व ‘स्वतन्त्रता’, सम्बद्र्धनवादको ‘परम्पराको संरक्षण’ हो, त्यसै गरी कम्युनिष्ट विचारधाराको मुख्यचिन्तन तत्व ‘आर्थिक समानता’ हो । मानव समाजको उत्पति निजीसम्पतिविहीन र वर्गविहीन अवस्थाबाट भएको थियो, कुनै दिन फेरि निजीसम्पतिविहीन र वर्गविहीन अवस्थामा फर्किने छ भन्ने विश्वास नै साम्यवादी विचारधाराको मुख्य विश्वास हो । कम्युनिष्ट विचारधारामा साम्यवादबाहेक सबै शासन तथा समाजव्यवस्था शोषणमा आधारित हुन्छन भन्ने विश्वास गरिन्छ ।
चौथो समाजवादी (सोसलिष्ट ) विचारधारा हो ।  यो विचारधाराको मुख्य चिन्तनतत्व ‘समानता र स्वतन्त्रता अभिभाज्य छन’, स्वतन्त्रताको अभिव्यक्तिका रुपमा ‘लोकतन्त्र’ र समानताको अभिव्यक्तिका रुपमा ‘समाजवाद’ अक्षुण हुन्छन भन्ने हो । व्यक्ति र समाज अविभाज्य छन । व्यक्ति विना समाज र समाज विना व्यक्ति हुँदैन ।  तसर्थ व्यक्तिवाद र सामुहिकताबीचको प्रतिद्वन्द्वीता अर्थहीन छ । आर्थिक हैसियत विना राजनीतिक स्वतन्त्रता प्राप्त हुँदैन । राजनीति स्वतन्त्रता विना आर्थिक हैसियत प्राप्त हुँदैन । तसर्थ खुशी र सुखी मानव समाज निर्माण गर्न आर्थिक समानता र राजनीतिक स्वतन्त्रता पनि अभिभाज्य छन । यी दुई बीच सन्तुलन नमिल्दा समाजमा बेथिति पैदा हुन्छ । तसर्थ राजनीतिक स्वतन्त्रताका लागि लोकतन्त्र र आर्थिक अवसरका लागि समाजवाद संगसंगै हुनु पर्दछ ।
सोसलिष्ट शब्दको पहिलो प्रयोग सन् १८२७ देखि वेलायतबाट शुरुवात भएको विश्वास गरिन्छ । सन् १८३० पछि वेलायतका रवर्ट ओवेनवादी र फ्रान्सका सेन्टसाइमनवादीहरुले आफूलाई औपचारिक रुपमा नै ‘सोसलिष्ट’ भन्न थाले । ‘सोसलिष्ट’ शब्द ल्याटिन भाषाको ‘सोसियर’ बाट बनेको विश्वास गरिन्छ, जसको,अर्थ हुन्छ–सयुक्त वा साझेदारी ।
विश्वको पहिलो समाजवादी पार्टी कुन हो, त्यो प्रष्ट छैन । समाजवादी धारमा दलका विभिन्न नामहरु प्रयोग गर्ने प्रचलन थियो । ‘लेवर पार्टी’, ‘बकर्स पार्टी’, ‘सोसलिष्ट पार्टी’ ‘लेफ्ट–डेमोक्र्याट पार्टी’,‘लिवरिटालियन पार्टी’ ‘सोसलिष्ट रिभोल्यूसनरी पार्टी’, ‘सोसल–डेमोक्र्याट पार्टी’ ‘सोसलिष्ट युनिटी एण्ड सोलिडारिटी पार्टी’ ‘लिवरल सोसलिष्ट पार्टी’ आदि नामहरु यस्ता पार्टीले प्रयोग गरेको पाइन्छ ।
विश्व राजनीतिको पाँचौ विचारधारा राष्ट्रवादी (नेशनालिष्ट) विचारधारा हो जसले साम्राज्यवाद तथा उपनिवेशवाद विरोधी स्वाधिनता आन्दोलनलाई प्रेरित गरेको देखिन्छ । यो विचारधाराको मुख्य चिन्तनतत्व ‘देशप्रेम’, ‘राष्ट्रियता’ वा ‘राष्ट्रवाद’ हो । देशको स्वाधिनता, स्वतन्त्रता र मुक्तिलाई राष्ट्रवादी आन्दोलनको मुख्य अभिप्रेरणा मानिन्छ । यसले राष्ट्रको स्वाधिनता विना नागरिकको स्वतन्त्रता कायम हुन नसक्ने विश्वास गर्दछ ।
ल्याटिन भाषाको ‘नेस्की’– अर्थ हो –जन्मनु ।  ‘न्यासियो’– को अर्थ ‘जन्मले वा जन्मस्थानले एकै प्रकारका मान्छे हुनु’ र ‘नेशन’ को अर्थ हो– जन्म वा जन्मस्थानका कारण एकै प्रकारका भएका मान्छेहरुको समूह । राजनीतिमा ‘नेशनालिज्म’ शब्दको पहिलो प्रयोग सन् १७८९ मा  फ्रान्सेली चिन्तक अगस्टिन ब्यारेलले गरेका थिए । फ्रान्सेली राज्यक्रान्तिमा क्रान्तिकारीहरुले ‘हामी फ्रान्सेली जनता’ भन्ने शब्दावली प्रयोग गर्दथे । विस्तारै त्यो भावना ‘हामी जन्मले एक हौं’ ‘भाषा, संस्कृति  नियतिले एक हौं’ भन्ने तहमा विकसित भयो । उनीहरुले आफ्नो ‘भूगोल पनि एक बनाउँने’ चिन्तन अगाडि सारे । यसरी ‘महान फ्रान्स राज्य’ को अवधारणा विकास हुँदै जाँदा नेपोलेनिक युद्धको युग आयो । 
नेपोलेनिक युद्धको अबधिमा फ्रान्सले अरु युरोपेली देशहरुमाथि आधिपत्य जमाउँन थाल्यो । फलतः आधिपत्य कायम गरिएका देशहरुमा भने स्वतन्त्रता र मुक्तिको चाहना देखा पर्यो । यो अर्को कोणबाट राष्ट्रवादी विचारधाराकै पुनरुत्थान थियो । फ्रान्सेलीहरुलाई फ्रान्सको माया छ, फ्रान्स महान लाग्छ भने हामीलाई आफ्नो राष्ट्रको माया छ, हामीलाई हाम्रै राष्ट्र महान लाग्छ । यस्तो सोच फ्रान्सपछि जर्मनी र इटालीमा देखापरेको थियो । इटली र  जर्मनीको एकीकरण युरोपेली राष्टवादी आन्दोलनका महत्वपूर्ण घटनाहरु हुन । वेलायती साम्राज्यबाट अमेरिकाको स्वतन्त्रता र नयाँ राष्ट्रको जन्म आफैमा महत्वपूर्ण घटना थियो ।
यही  प्रक्रियामा अनेक साम्राज्यहरुको उदय र ती साम्राज्यबाट मुक्तिको चाहनासंगसंगै अगाडि बढ्दै गए । पहिलो विश्वयुद्धमा जर्मन, आष्ट्रो–हंगेरियन र रसियन साम्राज्यबाट फिनलैण्ड, चेकोस्लोभाकिया, हंगरी, पोलैण्ड र युगोस्लाभियाको मुक्तिलाई महत्वपूर्ण राष्ट्रवादी आन्दोलनको रुपमा हेरिए । दोस्रो विश्वयुद्धताका राष्ट्रवादी विचारधाराको अर्को लहर देखापर्यो । अंग्रेज साम्राज्यवाट भारत र विभिन्न अफ्रिकी मुलुकहरुको स्वतन्त्रता तथा जर्मन र जापानको पराजय यसका महत्वपूर्ण उदाहरणहरु थिए ।
राष्ट्रवादी विचारधाराको सीमा तय गर्न सजिलो भने छैन । कस्तो र कत्रो राष्ट्रको उदयलाई स्वतन्त्रता भन्ने, कत्रो र कस्तो राष्ट्रको उदयलाई विभाजन वा पृथकता भन्ने ? यो प्रश्नको उत्तर कसैका लागि सहज छैन । वेलायती साम्राज्यबाट भारतको स्वतन्त्रता हो भने  पाकिस्तान वा वंगलादेशको स्थापना चाहिँ किन विभाजन हो ?  इन्डोनेसियाबाट इष्ट टिमोरको स्वतन्त्रता हो, मलेसियाबाट सिंगापुरको स्वतन्त्रता हो भने भने ठीक यस्तै स्वतन्त्रता श्रीलंकामा तमिल, भारतमा कस्मिर, चीनमा तिब्बत, क्यानाडामा क्यूवेक र स्पेनमा क्याटालोनियाले किन पाउँन नहुने ? सोभियत संघ  र युगोस्लोभाकियाको विभाजन पृथकता हो वा नवराष्ट्रियता ? यी प्रश्नहरु अनुत्तरित छन ।
विश्वराजनीतिको छैठौं विचाराधारा ‘फासिज्म’ शब्द ल्याटिन भाषाको ‘फासेस’ बाट बनेको मानिन्छ । यसको अर्थ रोमन साम्राज्यको समयमा प्रयोग गरिने एउटा विशेष चिन्ह ‘फलामे डन्डीको विटोमा एउटा बन्चरो बाँधिएको’ चिन्ह भन्ने बुझिन्छ । इटालियन भाषामा यसलाई ‘फासियो’ भनिथ्यो । यो चिन्हले रोमन साम्राज्यको युगमा शासकको शक्ति, प्राधिकार र एकत्वलाई बुझाउथ्यो । आधुनिक युगमा इटालीमा वेनिटो मुसोलिनीले यही चिन्ह प्रयोग गरे । जर्मनीमा हिटलरको नाजिवाद र स्पेनमा जनरल फ्रान्कोको शासन फासीवादी शासनकै विस्तार मानिन्छन ।
फासीवादी चिन्तनको स्रोत एकीकरण, प्राधिकार र राष्ट्रवादको एकत्व हो । युरोपमा यी शासनसत्ताहरु पहिलो विश्वयुद्धको पृष्ठभूमिमा जन्मिएका थिए । पहिलो विश्वयुद्धमा यी देशहरुको पराजय र असमान सन्धीसम्झौताले यहाँका जनता र सेना निरास थिए । उनीहरु कुनै नयाँ प्रकारको राजनीतिक शक्तिको खोजी गरिरहेका थिए । त्यही क्रममा फासीवादी सत्ताहरु अस्तित्वमा आए ।
राष्ट्रियता र रक्तसम्बन्ध यस चिन्तनका अनौपचारिक पक्ष हुन । फासीवादी चिन्तन पद्धतिमा कुनै पनि राज्य वा समाज निश्चित राष्ट्रियताको आधारमा बनेको हुन्छ । त्यस्तो राष्ट्रियताको निर्माणका लागि केही मुख्य जाति, नश्ल तथा भाषिक समुदायले ठूलो भूमिका गरेको हुन्छ । कुनै मुख्य जाति नश्ल वा भाषिक समुदायको नेतृत्वदायी भूमिका विना राज्य र राष्ट्रको गठन, संरक्षण र विकास गर्न सकिन्न । त्यहाँ भएका अन्य जातिय, भाषिक तथा साँस्कृतिक समुदायहरु मुख्य समुदायसंग विस्तारै अन्तर्घुलित हुँदै जान्छन । प्रकारान्तले राज्य ‘राष्ट्रिय राज्य’ बन्न पुग्दछ ।
यस प्रक्रियामा अल्पसंख्यक समुह वैवाहिक प्रक्रिया,  रक्तसम्बन्ध, भाषिक तथा साँस्कृतिक अन्तर्घुलनमा सहयोगीको भूमिकामा हुनुपर्दछ । यदि उनीहरु सहयोगी भूमिका गर्न इच्छुक छैनन भने उनीहरुमाथि दमन गर्नु स्वभाविक आवश्यकता बन्न पुग्दछ । श्रेष्ठ जातिहरुले नै श्रेष्ठ राज्य, श्रेष्ठ साम्राज्य र श्रेष्ठ सभ्यता निर्माण गर्न सक्दछन भन्ने मान्यतालाई फासीवाद भनिन्छ । फासीवादी चिन्तन प्रकारान्तले ‘अन्धराष्ट्रवाद’ र अल्पसंख्यकहरुको ‘जातिहत्या’ सम्म पुग्ने गरेको देखिन्छ । दोस्रो विश्वयुद्धमा मुसोलिनी र हिटलरको हारसंगै यो विचारधारा पराजित भएको मानिन्छ ।
राजनीतिक विचारधाराका क्षेत्रमा सातौं  विचारधारा धार्मिक कट्टरतावाद (फन्डामेन्टालिज्म) हो । – यिनीहरुको बुझाईमा राज्यको आधार कुनै खास धर्म हो । विपरित धर्मसंगको प्रतिरोध विना धर्म रक्षा र विस्तार गर्न सकिन्न । तसर्थ धर्मयुद्ध स्वभाविक र जायज हो । निश्चित धार्मिक भावनाबाट अभिप्रेरित राज्य र समाज नै नैतिक रुपमा बलियो हुन्छ । त्यस्तो राज्यले नै विकास र प्रगति गर्न सक्छ । अफगास्तिनको तालेवान, मध्यपूर्वको आइएसआइएस यसका उदाहरणहरु हुन । कतिपयले भारतको शिवसेनालाई पनि हिन्दू फेन्डामेन्टालिष्टका रुपमा हेर्दछन ।
आठौं विचारधारा–संघीयतावादी हो । तर नेपालका सन्दर्भमा संघीयतावादभन्दा जे बुझिन्छ, विश्वराजनीतिमा ठीक उल्टो बुझिन्छ । अमेरिकाको स्थापना हुँदा केन्द्रलाई बलियो बनाउँन चाहनेहरुलाई ‘फेडेरालिष्ट’ भनिथ्यो र प्रदेशलाई बलियो बनाउँन चाहनेहरुलाई ‘एन्टी–फेडेरालिष्ट’ । तर नेपालमा भने प्रदेशको रचना गर्न चाहनेहरुलाई संघीयतावादी भनियो । यो धारको राजनीतिलाई पचिहानवादी पनि भन्ने गरेको पाइन्छ । तर मेरो विचारमा यो धारलाई बहुसाँस्कृतिकतावादी ( मल्टिकल्चरलिष्ट ) भन्नु बढी उपयुक्त हुन्छ ।
किनकी यो विचार अनुसार  कुनै पनि समाज वा राज्य उत्तिकै समरुप हुँदैन । जाति, भाषा, धर्म, संस्कृति, इतिहास, भुगोलको विविधता  र मनोविज्ञनका हिसाबले राज्य बहुसाँस्कृतिक बन्न पुग्दछ । ती सबै जातीय, भाषिक र साँस्कृतिक समुहहरुको कूलयोग नै राज्य वा समाज हो । सबैको योगदानबाट राज्य वा समाज बनेको हुन्छ । त्यस्ता समुदायहरुले आआफ्नो विशिष्टतामा स्वशासन पाउनु पर्दछ । समावेशीता हुनु पर्दछ । अन्यथा  तिनीहरुको आत्मनिर्णयको अधिकार स्वभाविक आवश्यकता बन्न पुग्दछ ।  स्वशासन, समावेशिता र आत्मनिर्णयको अभाव नै पृथकतावादको कारण बन्न पुग्दछ । एउटै राज्य वा देशभित्र विविध संस्कृतिका कल्स्टरहरुको संरक्षणबाट राज्यको सौन्दर्य बृद्धि भई त्यो फुलवारीजस्तो बन्न पुग्दछ भन्ने धारणा राखिन्छ ।  
नवौं–जैविकतावादी (इकोलजिष्ट) विचार हो । यो विचार युरोपको ग्रिन पार्टी र वातावरणवादी आन्दोलनबाट भएको हो । नेपालमा पनि यही अवधारणामा ‘हरियाली पार्टी’ बनाइयो । तर खासै चलेन । यस विचारधारामा मानवीय दुःखको कारण वातावरणीय विनाश हो । तीव्र आर्थिक विकासको लोभमा हुने तीव्र औधोगिकीकरण र तीव्र औधोगिकीकरणले सृजना गर्ने प्राकृतिक स्रोतसाधनको दोहन, प्रदुषण नै समस्याका कारण हुन । प्रकृति स्वयंमा सन्तुलनमा हुन्छ । मान्छेले त्यसको सन्तुलन र सौन्दर्य नष्ट गर्दछ । त्यसलाई रोक्नु नै वेथिति र मानवीय दुःखलाई रोक्नु हो । वातावरणीय संरक्षण, दीगो विकास,  भावी पुस्ताका लागि प्रकृति हन्तान्तरण, सुशासनका लागि लोभहीन प्राकृत जीवन पद्धति यही विचारधाराका योगदान हुन ।
दशौं–अराजकतावादी (अनार्किष्ट)  विचारधारा हो । यो विचारधारा युरोपेली समाजवादी आन्दोलनको प्रारम्भमा निक्कै शक्तिशाली थियो । रुसी चिन्तक मिखायल बाकुनिन र  फ्रान्सेली राजनीतिज्ञ पिएरे-जोसेफ प्रुधोनले यो विचारलाई विश्वराजनीतिमा भित्र्याएका हुन । अराजकतावादी चिन्तनमा धार्मिक सामाजिक संस्था वा राज्यको अस्तित्व स्वयंमा खराबीको कारण हो । प्रकृतिले आफ्ना नियमहरु आफै बनाएको हुन्छ । त्यो आफैमा पर्याप्त छ । पशु जगतको कुनै राज्य हुँदैन । पंछीलाई जुनसुकै देशमा जान कुनै भिषा, पासपोर्ट लाग्दैन । मान्छे पनि प्रकृतिले सृजना गरेको प्राणी हो । ऊ चराझैं समाजिक तथा राजनीतिक संस्थाहरुको नियन्त्रणबाट स्वतन्त्र हुनु पर्दछ । सबै चिज आफै ठीक हुन्छ । जब राज्य ध्वस्त हुन्छ मान्छेलाई मान्छेलाई दमन गर्ने कुनै संस्था नै बाँकी रहँदैन । तसर्थ क्रान्तिकारी आन्दोलनको उद्धेश्य राज्यलाई ध्वंस्त गर्नु हो ।
(४)
यहाँनेर चर्चा गर्न योग्य कुरा के छ भने अबको युगमा यी विचारहरु एक्ला एक्लै बलशाली छैनन् । यी विचारहरु अन्तर्घुलित भएर विभिन्न विचारहरुको जन्म भएको छ । अमेरिकी र भारतीय स्वतन्त्रता संग्राममा उदारवाद र राष्ट्रवादको समिश्रण थियो भने चिनियाँ, भियतनामी क्रान्तिमा साम्यवाद र राष्ट्रवाद समिश्रित भएका थिए । नोर्डिक लगायत पश्चिम युरोपेली मुलुकमा राष्ट्रवाद र समाजवादको समिश्रण छ । वेलायतको लेवोर र अमेरिकाको डेमोक्रयाटिक पार्टीका विचार उदारवाद र समाजवादको समिश्रणबाट बनेका छन । देङपछिको चीनमा साम्यवाद र बजारअर्थतन्त्रको समिश्रणलाई बुझाउँन ‘समाजवादी बजार अर्थतन्त्र’ भन्ने नयाँ शब्दाबली प्रयोग गरिएको छ ।
नेपालका राजनीति चिन्तक, दल र विचारधाराहरु मात्र शुद्ध रहन संभव थिएन । जस्तो कि नेपालका कम्युनिष्टहरु साम्यवाद, उदारवाद, समाजवाद र राष्ट्रवादको समश्रिणजस्तो लाग्छ । त्यसमा पनि एमालेको ओलीधार केही हदसम्म फासीवादी विचारबाट प्रभावित देखिन्छ भने माओवादी र प्रचण्ड विचार बहुसाँस्कृतिकवादबाट प्रभावित लाग्छ । यिनीहरुको एकतापछि त्यसले कुन धार समात्छ त्यो भने हेर्न बाँकी छ ।
प्रजातन्त्र र साम्यवाद मिसायो भने प्रजातान्त्रिक  समाजवाद हुन्छ भन्ने वीपी कोइरालाको विचार थियो । यो मूलतः उदारवाद र साम्यवादलाई समिश्रण गर्ने चिन्तन थियो ।  नेपालका कन्जर्भेटिभहरु राजतन्त्र र हिन्दूत्वसंग राष्ट्रवादलाई मिसाउँन खोज्छन । पहिचानवादीहरुभित्र राजपाजस्तो उदारवादी र फोरमजस्तो समाजवादी दुबै धार छन । वैकल्पिक राजनीतिको कुरा गरिरहेको नयाँ शक्ति पार्टीले समाजवादभित्रको ‘सोसल डेमोक्रेसी’ लाई समात्न खोजेको प्रतीत हुन्छ तर नेपालका सन्दर्भमा साम्यवादी आन्दोलनको योगदानलाई पनि उसले नकारेको छैन । विवेकशील साझा भने ‘पोष्टमोर्डानिज्म’ तिर गइरहेको हो कि जस्तो लाग्छ, जो उपरोक्त १० वटै धारभन्दा केही भिन्न विचारधारा हो । ‘पोष्टमोर्डानिज्म’ अहिलेसम्म दर्शनको तहमा मात्र छ त्यसले राजनीतिक आकार लिइसकेको छैन ।
संक्षेपमा भन्नु पर्दा आज कुनै पनि राजनीतिक विचारधारा अग्र्यानिक छैनन् । यस परिप्रेक्ष्यमा कम्युनिज्मको मौलिक विचार के थियो, नेपालका कम्युनिष्टहरुले कुन प्रवृति समात्ने संभावना छ भन्ने र नेपालको वस्तुगत यथार्थले कस्तो विचारधारा माग गरिरहेको छ भन्नेबारे अर्को किस्तामा चर्चा गरिने छ । 
अगाडि नै भनियो– माक्र्सवाद समाजवादी आन्दोलनकै एउटा धार थियो । तर यो अरु समाजवादी धारभन्दा के कारणले भिन्न थियो भन्ने प्रष्ट हुन कार्ल माक्र्सले सन् १८५२  मार्च १ मा जे. बेमेडियरलाई लेखेको चिट्ठीलाई आधार मान्न सकिन्छ ।
त्यसमा माक्र्स लेख्छन ‘आधुनिक समाजमा बर्गहरुको अस्तित्व र तिनीहरु बीचको संघर्ष पत्ता लगाएको जस मलाई दिइरहनु पर्दैन ।  त्यो काम त मभन्दा धेरै अगाडि नै बुर्जुवा इतिहासकार र अर्थशास्त्रीहरुले गरिसकेका थिए । मैले प्रमाणित गरेको नयाँ कुरा त के हो भने– १.वर्गहरुको अस्तित्व उत्पादनसम्बन्धको निश्चित ऐतिहासिक चरणसंग जोडिएको हुन्छ । २.त्यस्ता वर्गहरु बीचको संघर्ष अनिवार्यरुपमा सर्वहारा वर्गको अधिनायकत्वतिर अगाडि बढ््दछ । ३.त्यस्तो अधिनायकत्व तिनै वर्गहरुको विलोप र वर्गविहीन समाज निर्माणको संक्रमण हुने गर्दछ ।’
माक्र्सको विचारसंग मिल्दोजुल्दो पहिलो राजनीतिक क्रान्ति फ्रान्समा भयो । सन् १८७१ मा  जर्मनीसंग फ्रान्सेली सेना हारेको थियो । फ्रान्समा अनेक प्रकारका क्रान्तिकारी समुह थिए । १८ मार्चमा उनीहरुले विद्रोह गरे । विद्रोहीहरुले मे २८ सम्म ७२ दिन पेरिसको सत्ता आफ्नो हातमा लिए । तर त्यो टिक्न सकेन । सफल पेरिस विद्रोह क्रान्तिकारी सत्ताका रुपमा टिक्न नसक्नुमा  माक्र्सले मुख्य दुईवटा कमजोरी औल्याएका थिए । क्रान्तिकारीहरुमा रहेको अराजकतावादी चिन्तन र क्रान्तिकारी अधिनायकत्वको अभाव । यही विद्रोहलाई आधार बनाएर लेखिएको माक्र्सको किताब ‘पेरिस कम्युन’ साम्यवाद के हो भनेर बुझ्न अर्को महत्वपूर्ण स्रोत हो ।
यी दुई स्रोतलाई आधार मानेर हेर्दा निम्न प्रकारको राजनीतिक विश्वासलाई कम्युनिज्म भन्नु पर्ने हुन्छ ।
एक– पुँजीवादी समाजमा मुख्य दुई वर्ग हुन्छन– सर्वहारा र बुर्जुवा । सर्वहाराको संख्या ठूलो करिब ९५% र बुर्जुवाको संख्या थोरै करिब ५ % हुन्छ । ठूलो संख्यामा भएका सर्बहारालाई कम्युनिष्ट पार्टीले संगठित गर्छ र बुर्जुवा समाज उल्टाइदिन्छ । यस्तो घटना सर्वहारा क्रान्ति हुन्छ । त्यसपछि स्थापित हुने सत्ता सर्वहारा सत्ता हुन्छ ।
दुई–सर्वहारा सत्ताले बहुदलीय व्यवस्था अपनाउँदैन । किनकी त्यहाँ बुर्जुवा वर्गमाथि अधिनायकत्व लाद्नु पर्ने हुन्छ । बहुदलीय व्यवस्थामा कुनै एउटा वर्गको अधिनायकत्व लाद्न सकिन्न । तसर्थ सर्वहारा सत्ताले केही समय ( कति समय प्रष्ट छैन ) सर्वहारा वर्गलाई लोकतन्त्र दिन्छ तर वुर्जुवा वर्गलाई लोकतन्त्र दिँदैन ।
तीन–मुख्य उत्पादन साधानहरुको राष्ट्रियकरण गरिन्छ । विशेषतः भूमि र उद्योगको राष्ट्रियकरण गरिन्छ । यस्ता उत्पादन साधानहरुको व्यवस्थापन किसान र मजदुरहरु आफैले निर्वाचित गरेका संस्थाहरुले गर्दछन । ती संस्थाहरु विस्तारै कम्युनका रुपमा विकास हुन्छन ।
चार– कम्युन भनेका कार्यकारी, विधायकी र न्यायिक तीन वटै अधिकार एकिकृत कामकाजी संस्था हुन । बुर्जुवा संसदजस्तो गफ गर्ने थलो हैनन् । कम्युनहरुको शक्तिको एकत्व हुन्छ, शक्तिपृथकीकरणले ल्याएका समस्यालाई त्यसले हल गर्दछ ।
पाँच–कम्युनहरु विकसित हुँदै गएपछि राज्य विलोप हुँदै जान्छ । राज्य विलोप हुनु भनेको मुख्य तीन चीज विलोप हुनु हो– तलवी कर्मचारीतन्त्र, सेनाप्रहरी र पेशेवार राजनीतिज्ञ । कम्युनले यी तीन संगठनको काम आफै गर्न थाल्छ । यी संगठनहरु प्रयोजनहीन हुँदै जान्छन । कम्युनवासीहरुको औसत ज्याला समान बनाउँछ ।
छ– कम्युनको निर्वाचन कम्युनवासीहरुले गर्दछन । उनीहरुलाई प्रत्याव्हान र अस्वीकारको अधिकार समेत हुन्छ । कम्युन व्यवस्थापकहरुले कम्युनको व्यवस्थापन गर्न नसके उनीहरुलाई हटाइन्छ र फेरि त्यहाँ अर्को कम्युनस्तरको चुनाव हुन्छ ।
सात–कम्युनमा मान्छेहरु सामुहिक रुपमा काम गर्दछन । शुरुवात्मा मान्छेहरुले काम अनुसारको दाम पाउँछन । विस्तारै उत्पादन धेरै हुँदै जान्छ, अब सबैले सकेको काम गर्दछन, चहिए जति सामान र सुविधा पाउन्छन । यो अबस्थामा पुगेपछि राज्य पुरै ध्वंस्त हुन्छ । कोही धनी गरिब रहँदैन । सबै समान र बरावर हुन्छन । कोही शोषित र शोषक रहन्न । कोही शासक र शासित रहन्न ।
के नेपालका कम्युनिष्टहरु आज यी विचारहरुको प्रतिरक्षा र कार्यान्वयन गर्न सक्ने अवस्थामा छन त ? विल्कूलै छैनन् । कार्यान्वयन गर्न सक्ने अवस्थामा छैनन् मात्र हैन, यस्तो समाज होला हुन सक्ला भन्ने सैद्धान्तिक विश्वास पनि उनीहरुमा बाँकी छैन । यसर्थमा नेपालका कम्युनिष्टहरु कम्युनिष्ट हैनन् ।
जब माक्र्सवादी विचारबाट सर्वहारा अधिनायकत्वको प्रश्नलाई हटाइन्छ, बहुदलीय व्यवस्था स्वीकार गरिन्छ र बहुदलीय लोकतन्त्रको विकल्पका रुपमा ल्याइएको कम्युन प्रणाली÷सोभियत प्रणाली अस्वीकार गरिन्छ, त्यो स्वतः ‘प्रजातान्त्रिक समाजवाद’ हुन्छ । तसर्थ नेपालका कम्युनिष्टहरु आज माक्र्सवादी, लेनिनवादी वा माओवादी हैनन्, मूलतः काउत्स्कीवादी, बीपीवादी वा मदनवादी हुन ।
(५)
नेपाली विचारधारको क्षेत्रमा पृष्ठभूमिको भिन्नता बाहेक बीपीवाद र मदनवादका बीचमा कुनै भिन्नता छैन । खाली व्यक्त गर्ने तरिका र भाषा मात्र फरक हो । त्यो पृष्ठभूमिको भिन्नताले सृजना भएको हो । एउटै सार –संसदीय बहुदलीय लोकतन्त्र र सामाजिक न्यायसहितको मिश्रित अर्थतन्त्र हो । दुई पार्टीले व्यक्त गर्ने शब्द फरक भएपनि व्यवहारमा व्यक्त हुने राजनीतिक र आर्थिक ढाँचामा कुनै भिन्नता बन्दैन । २०४६ यताको करिब ३ दशकमा एमाले र नेपाली कांग्रेसका सरकारहरु बीच कुनै कार्यशैलीगत वा तात्विक भिन्नता देखा नपर्नुको कारण पनि यही हो ।
यहाँनेर ध्यान दिनु पर्ने कुरा के हो भने के नेपाली कांग्रेस चाहिँ वीपीवादी हो त ? जसरी कम्युनिष्टहरु माक्र्सवादी, लेनिनवादी हैनन्, त्यसै गरी नेपाली कांग्रेस पनि वीपीवादी हैन । त्यसको प्रमाण आठौं योजनाको आधारपत्र हो, जसका आधारमा विगत करिब ३ दशक यताको नेपाली अर्थतन्त्र चलेको छ ।
आठौं योजनाको आधारपत्र गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री, महेश आचार्य अर्थमन्त्री र डा. रामशरण महत अर्थतन्त्री हुँदा बनेको थियो । उनीहरुले नै नेपालमा शिक्षा र स्वास्थ्यको समेत चरम निजीकरण र व्यापारिकरण हुनसक्ने कानुन ल्याएका हुन । नीति कांग्रेसले ल्याए, एमालेहरुले सिद्धान्तमा विरोध गरेजस्तो गरे तर त्यसको सबैभन्दा बढी फाइदा एमालेहरुले उठाए । हिजो निम्नमध्याम वर्गआधार भएको एमाले आज नवधनाढ्यहरुको पार्टी बन्न पुगेको छ, त्यसको मुख्य आर्थिक क्षेत्र शिक्षा र स्वास्थ्यको व्यापार, जग्गा व्यापार, एनजिओ र मेनपावर कम्पनीहरु हुन ।
यसको अर्थ यो हैन कि अर्थतन्त्रलाई पुरानै ढाँचामा राख्नु पर्दथ्यो । यातायात, हवाइसेवा, संचार आदि क्षेत्रमा कांग्रसको उदारीकरण नीति केही हदसम्म सफल भएकै हो तर समग्रमा यसले नेपाललाई कमजोर नियमक राष्ट्र, दलाल पुँजीवाद र छाडा  खुल्लातन्त्र वा लुटतन्त्रको स्थितिमा पुर्याएको छ । माओवादीले हिजो यी चिजहरुको विरुद्ध विद्रोह गरेकै हो । एमाले त्यसैको मतियार हुँदै आएको हो । आज दुबै एकै ठाउँमा छन । हेरौं अब कस्तो आर्थिक नीति लिन्छन ।
यसविन्दूमा एमाले मित्रहरुको के विमति रहँदै आएको छ भने यो सबै खराबीको कारण कांग्रेस हो, एमालेको बहुमतको सरकार नबनेको कारण हो । यो सत्य हैन । तर शंकाको सुविधा दिने हो भने आउँदा दुईचार वर्षमा यो तर्कको सीमा पनि प्रष्ट हुनेछ । अब कम्युनिष्टहरुको एकल बहुमतको सरकार बन्दैछ । त्यसो हो भने  कम्युनिष्टहरुले निम्न काम गर्न तयार हुनु पर्ने हुन्छ ।
एक–शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको चरम निजीकरण र व्यापारिकरणको अन्त्य गर्न । यी क्षेत्रमा भएका सबै विभेदहरुको अन्त्य गर्न ।
दुई–हलिया, कमैया, सुम्कुम्बासीहरुको न्यूनत्म भूमि तथा आवास अधिकार सुनिश्चित हुने गरी नयाँ भूमिसुधार कार्यक्रम लागू गर्न ।
तीन–ब्यूरोक्रेसीको पुनर्सरचना गर्न । दलीय ट्रेडयुनियन खारेज गर्न । आधुनिक सुशासन सिद्धान्तका  मानकहरु लागू गर्न ।
चार–जनस्वास्थ्य प्रतिकुल हुने बजारमाथि कडा नियमन गर्न । सेन्डिकेट र कार्टेलिङको अन्त्य गर्न ।  सामाजिक बजारशास्त्र अवधारणा ( सोसाइटल मार्केटिङ कन्सेप्ट) लागू गर्न ।
पाँच–वास्तविक कारोवारको आधारमा कर लगाउँन । प्रगतिशील कर नीति लागू गर्न । आइएन÷एनजीओको लगानी लक्षित समुदायसम्म पुग्ने गरी बलियो अनुगमन गर्न ।  
छ– देशको उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा फेर्न ।  देशको व्यापार हटाउँन । प्रतिव्यक्ति आय बढाउँन। आउँदो ५ वर्षभित्र नेपाललाई अल्पविकसित देशहरुको समूहबाट बाहिर निकाल्न ।
सात– निर्वाचन प्रणाली र पार्टी प्रणालीलाई सुधार गरी राजनीतिमा स्टेटफन्डिङको व्यवस्था गर्न राजनीतिमा  क्रियाशील हुने अपारदर्शी र भद्धा लगानी निरुत्साहित गरी पारदर्शी लोकतन्त्रको सवलीकरण गर्न ।
उनीहरु कम्युनिष्ट त हैनन् हैनन् उपरोक्त सात क्षेत्रहरुमा उनीहरुको सरकारको नीति कस्तो हुने छ, त्यसका आधार उनीहरु ‘प्रजातान्त्रिक समाजवादी’ सम्म चाहिँ रहनेछन वा नेपाली कांग्रेसझैं ‘लिवरल डेकोक्र्याटस’ मा च्यूत हुनेछन, प्रष्ट हुनेछ ।
यहाँनेर अर्को एउटा ध्यान दिन योग्य कुरा छ– त्यो के भने जसरी अहिले विकास र संमृद्धिको कुरा हुँदैछ त्यसले उपरोक्त सात प्रश्नहरुलाई बर्कोले छोप्ने र केही ठूला योजनाहरु देखाएर मतदाताको मनोवैज्ञानिक शोषण गर्ने संभावना पनि छ । चिनियाँ रेल, छ लेनका सडक, स्मार्ट सिटी, हिन्द महासागरमा पानि जहाज, घरघरमा मिटर रिड गर्दा हुने ग्याँस पाइप, यी सबै भइदिए राम्रो । यी गफ मात्र हैनन्, भने पूरा भएका दिन सबै नेपाली एकसाथ खुशी हुन सकिन्छ ।
तर राजनीति र अर्थतन्त्रका संचरनात्मक समस्याहरु ज्यूको त्यू राखेर केवल केही ठूला योजनाहरु सम्पन्न गर्दैमा त्यसले अपेक्षित शान्ति, विकास, सुशासन र संमृद्धि दिन सक्ने छैन । संमृद्धिको अर्थ केवल नवधनाढ्य वर्गको सुविधा मात्र हैन, समतामूलक संमृद्धि, सबैको संमृद्धिका लागि संरचनागत पक्षहरुमा छिर्नै पर्छ । यस दृष्टिकोणबाट पनि अब नेपालका कम्युनिष्टहरुको अग्निपरिक्षा शुरुवात् भएको छ।

अन्तिम प्रश्न–नेपाली कांग्रस प्रजातान्त्रिक समाजवादी सिद्धान्तबाट व्यवहारमा उदार लोकतान्त्रिक दलमा च्यूत भएका कारण नेपालको तीन दशक निक्कै कष्टकर रह्यो, यदि कम्युनिष्टहरुले त्यही बाटो रोजे भने नेपालको वैचारिक तथा व्यवहारिक भविष्य के होला ?

त्यतिखेर लोकतन्त्र र समाजवादको प्रश्नलाई पुनर्परिभाषित  गर्ने दलको अवश्यकता टटकारो भएर आउँछ । त्यो भनेको लोकतन्त्रलाई अझ एक तहमाथि– सहभागितामुलक लोकतन्त्रमा र समाजवादलाई अझ एक तहमाथि– समुन्नत समाजवादमा विकसित गर्ने दलको निर्माण  गर्नु बाहेक नेपाली जनताका सामु कुनै विकल्प बाँकी रहने छैन । तसर्थ आउँदा ५ वर्षको ‘बाम गठबन्धन’ को शासन नेपाली राजनीतिको वैचारिक तथा व्यवहारिक धारलाई निर्धारण गर्ने निर्णायक वर्ष हुनेछन । 

Saturday, January 6, 2018

ल्वाङ्गघलेल बैठकका केही प्रतिबिम्ब


डम्बर खतिवडा

ल्वाङ्गगाउँ
पोखरा–बागलुङ्ग सडकको हेम्जाबाट थोरै पूर्व मोडिएर उत्तर हान्निएपछि मर्दी र  इर्दी नदीले बनाएका गहिरा फाँटहरु भेटिन्छन । यसका वरिवरि जुन पहाडहरु छन– हरेक थुम्का पर्यटकीय गाउँ मानिँदा रहेछन । जस्तै कि अस्ताम, धिताल गाउँ, धम्पुस, ल्वाङ्ग र घलेल आदि । ल्वाङ्ग र घेलेल पहिले भिन्नाभिन्नै गाविस थिए । अहिले एउटै माछापुछ«े गाउँपालिकाभित्र छन । ल्वाङ्ग र घलेल नजिकनिजकका दुई डाँडामा बसेका  भिन्नाभिन्नै गाउँ हुन । तर अलिक टाढाबाट मान्छेहरु सजिलोका लागि ल्वाङ्गघलेल भन्दारहेछन । जब ल्वाङ्ग गाउँ र घलेल गाउँको बाटो छुट्टिने फेदीमा हामी पुग्यौं, कुन बाटो लाग्ने भनेर अलमल पर्यो ।

हामीले सोधको थियौं–ल्वाङ्गघलेल जाने बाटो कुन हो ?

बाटोमा भेटिएका गाउँलेको उत्तरले झनै अलमल पार्यो– ‘ल्वाङ्ग जाने कि घलेल ?’ ल्वाङ्ग भन्नु पर्ने हो कि घलेल थाहा थिएन । आयोजक  मित्रहरुलाई मोवाइल लगाइयो । ल्वाङ्ग रहेछ । हामी ल्वाङ्गतिर लाग्यौं । यो गाउँको नाम किन ल्वाङ्ग रह्यो । स्थानीय तमु भाषामा यसको कुनै अर्थ पो छ कि ? तर कसैले भन्न सकेन ।

ल्वाङ्ग गाउँबाट धौलागिरी, माछापुछ«े र अन्नपूर्ण तीनवटै हिमाल देखिन्छन । माछापुछ«े नजिकै आएर उभिएजस्तो लाग्छ । तर मलाई झनै मोहक दृष्य धौलागिरीको लाग्यो । अन्नपूर्ण भने लजाएकी दुलहीले घुम्टो उघारेर अनुहार देखाएजस्तो थोरै देखिन्थ्यो ।

यस्तो कुनै गीत छ कि छैन थाहा भएन, कतै सुने जस्तो लाग्यो–माछापुछ«े भन्नु मात्रै धौलागिरी राम्रो ।

ल्वाङ्ग गाउँबाट हात लामो पारेर छुन सकिएला जस्तो लाग्ने त फेरि पनि माछापुछ«े नै हो । सोधियो– माछापुछ«ेको फेदीमा पुग्न यहाँबाट कति समय लाग्ला ?

 –३ दिन । यस्तै ९  वटा डाँडा काटेर जानु पर्छ ।– गाउँलेले भने । हामीलाई भने  ३ घण्टा पनि नलाग्ला भन्ने लागेको थियो ।

ल्वाङ्ग गाउँमा करिब ६०–७० वटा घर थिए । त्यसमध्ये –१४ घरमा होमस्टे रहेछन । हामी थियौं–१८६ जना । दुई दर्जन जति त कुइरेहरु थिए । पिटिक्कै अंग्रेजी नबुझ्ने । इटालियन रहेछन । यतिका धेरै पाहुना एकैचोटी ल्वाङ्ग गाउँमा आइपुगेको पहिलो पटक हो रे । ६ वर्ष भए छ यहाँ होमस्टे चल्न थालेको । गाउँलेहरु पाहुनाको सत्कार र सेवाका लागि ताहुरमाहुरमा थिए । रोज्जा आवासहरु सकिएका थिए । हाम्रोले भने छाडीमा रात विताउँनु पर्यो ।

   
सानो पार्टीको ठूलो बैठकः
नयाँ शक्ति पार्टी, नेपालको केन्द्रिय कमिटीको ‘इन्ट्याक्ट’ बैठक गर्न सजिलो होस् भनेर हामी यहाँ पुगेका थियौं । यही बर्ष देशमा ३ वटा चुनाव भए । स्थानीय चुनाव ३ चरणमा भयो । प्रादेशिक र संघीयसभाको चुनाव एकैपटक भयो । यी सबै चुनावको सीट र मतलाई हेर्दा सीटका हिसाबले हाम्रो पार्टी छैटौं हो र लोकप्रिय मतका हिसाबले ९ औं । अर्थात् हाम्रो पार्टी अहिले देशका साना पार्टीहरु मध्ये एक मानिन्छ । तर यो बैठक भने सबै हिसाबले ठूलो थियो ।

भरखरै चुनाव हारेको पार्टी देशभरिबाट सबै सहभागी दूर्गम गाउँमा आइनपुग्लान भन्ने लागेको थियो । साथीहरु आए छन । सहभागिताको हिसाबले बैठक ठूलो थियो । केन्द्रिय कमिटी पार्टी विधानका हिसाबले सबै भन्दा माथिल्लो कमिटी थियो भन्दा बढी सबै बैठकमा आफ्ना धारणा राख्न आतुर थिए । निर्वाचन असफलतापछि यो पार्टी कतै गएर मर्ज हुन्छ कि बैकल्पिक धारमा कायम रहन्छ भन्ने ठूलो प्रश्न थियो । बैठकमा १४८ जनाले आफ्ना धारणा राखे । तीनमध्ये ७  जनाले मात्र यो पार्टी कुनै ठूलो पार्टीमा मर्ज गरौं भन्ने मनसाय व्यक्त गरेका थिए । बाँकी सबैको एउटै धारणा थियो–नेपालमा  प्रगतिशील बैकल्पिक दलको ऐतिहासिक आवश्यकता झनझन टटकारो भएको छ । जेजत्रो दुष्ट, कष्ट, उपेक्षा र अपमान बीच किन नहोस् यो दल बन्छ, बनाएरै छोडनु पर्छ ।

ल्वाङ्गघलेल बैठकः
कार्ल माक्र्सको एउटा पुस्तिका छ– गोथा कार्यक्रमको आलोचना । पहिलोपटक यो पुस्तक पढ्दा मैले ‘गोथा’ शब्दको अर्थ कहिँकतै भेटिन । के रहेछ यो ‘गोथा’ भनेर धेरै वर्ष अलमलमा परिरहे । पछि थाहा भयो– गोथा जर्मनीको एउटा सानो शहरको नाम रहेछ । संभवत् संसारकै पहिलो प्रजातान्त्रिक समाजवादी पार्टी ‘जर्मन सोसल डेमोक्र्याटिक पार्टी’ को स्थापना भेला यही सानो शहरमा भएको थियो । सोही पार्टीको स्थापनाकालिन घोषणापत्रलाई ‘गोथा कार्यक्रम’ भनिदोरहेछ । त्यसैको खण्डन गरेर कार्ल माक्र्सले ‘गोथा कार्यक्रमको आलोचना’ लेखेका रहेछन ।

विभिन्न पार्टीका विभिन्न बैठकहरुमध्ये खासखास बैठकले विशेष महत्व राख्दछन । नेकपाको दरभंगा प्लेनम अहिले पनि चर्चित शब्द हो । माओवादीको चुनवाङ्ग बैठकको उत्तिकै चर्चा हुने गर्दछ । नयाँ शक्ति पार्टीेको भविष्य कस्ता होला ? यो प्रश्नचिन्ह छँदै छ । तर यो पार्टी इतिहासमा भने यो बैठक २०७३ जेष्ठ ३० गते काठमाण्डौं दशरथ रंगशालामा भएको स्थापनापछिको दोस्रो महत्वपूर्ण बैठक हो । यसर्थमा २०७४ पुष १८, १९, २० को ल्वाङ्गघलेल बैठकको महत्व अगामी दिनमा झनै बढ्न सक्छ ।

हारको कारणः
यो बैठकको एउटा महत्वपूर्ण एजेण्डा निर्वाचनमा पार्टीको पराजयको निर्मम समीक्षा गर्नु थियो । हारको पहिलो कारण त पार्टी गठन भएको २ वर्ष नपुग्दै ३ ठूला चुनावको सामना गर्नु पर्ने वस्तुगत यथार्थ नै थियो । अरु थुप्रै कारण थिए । संगठन कमजोर थियो । चुनाव आएको आयै भयो । सबै पार्टी एक्लाएक्लै चुनाव लड्दा अर्कै परिणाम आउन सक्थ्यो । तर बाम गठन्धनले चुनावको परिदृष्य नै बद्लियो । कतै न कतै नटाँसिइकन अस्तित्व रक्षा नै जटलि भएर गयो । पार्टीको स्वत्वमा आधारित फरक निर्वाचन अभियान जान सकेन । स्थानीय निर्वाचनमा कतै मसाल, कतै हसिया र कतै विभिन्न स्वतन्त्र चिन्ह लिएर लडनु पर्यो । यो पटक आँखा चिन्ह पहिलो पटक उपयोग भयो ।  प्रचार पनि राम्रो हुन सकेन । आर्थिक स्रोत थिएन । ठूला गठबन्धनको कारण साना पार्टीप्रति मतदता आकर्षित पनि थिएनन् । बाबुराम ब्रण्डका कारण छिटट्ै पार्टी ठूलो होला र यही चुनाव जितौला ठानेकाहरुको त्यो संभावना नदेखेपछि भागदौड मच्चियो । जुन पार्टीका ४  वटा सहसंयोजक पार्टी गठन भएको २ वर्ष नपुग्दै अनेक कोकोहोलो गर्दै भागदौड गर्छन, त्यस्तो पार्टीलाई मतदाताले किन पत्याउनु  परो ? 

जानु बेठीकः, बाहिरिनु ठीकः
समीक्षाको सबैभन्दा निर्मम प्रसंग चाहिँ चुनावको मुखमा बामगठबन्धनमा पस्नु र निस्कनु थियो । अधिकांश सहभागीहरुले बाम गठबन्धनमा जानु गलत थियो तर बाहिरिनु अत्यावश्यक थियो भन्ने तर्क राखे । दुई ठूला कम्युनिष्ट पार्टीहरु अहंकारको अवस्थामा थिए । उनीहरु कुटिलतापूर्वक नयाँ शक्तिको ‘अस्तित्व हत्या’  गर्न चाहन्थे । उनीहरुले एकातिर गठबन्धनमा ससम्मान बोलाउँने अर्कोतिर नामांकनको अघिल्लो दिनसम्म पनि एक सीटको पनि टुंगो गरिदिएनन् । यो कुरा लुकाउँन जरुरी छैन कि गठबन्धन भनेको सीट कै कुरा हो । तसर्थ राम्रो निधो नगरिकन बाम गठबन्धनमा जाने कुरामा गल्ती भयो । बाहिरिनु त व्यवहारिक राजनीतिको स्वभाविक बाध्यता थियो । एउटा वैधानिक पार्टीले सानो छ भन्दैमा सित्तैमा आफ्नो अस्तित्व समाप्त पारेर अरु कुनै गठबन्धनलाई चुनावमा समर्थन गर्दिनु पर्ने कुरा संसारको कुनै पनि राजनीतिक दलका लागि सह्यै हुन सक्दैनथ्यो । मृत्यु कि आत्मसमर्पणमध्ये मृत्यु रोज्नु स्वभाविक हुन्थ्यो । नयाँ शक्ति पार्टीका लागि बाम गठबन्धनबाट बाहिरिनु आत्मसमर्पणका विरुद्ध मृत्यु रोज्नु सरह थियो ।

बहुआयामिक पार्टीः एक आयामिक मतदाता
बैठकको अर्को उद्देश्य नेपाली मतदाताको मनोविज्ञानलाई दर्शनिक तहमा बुझन् खोज्नु थियो । नेपाली मतदाताहरु लामो समयदेखि कांग्रेस र कम्युनिष्ट, पुँजीवादी र साम्यवादी फेनोमेनामा विभक्त छन । नेपाली मतदाताका लागि पार्टी भनेको राजनीतिक संस्था मात्र हैन, आस्था पनि हो । परम्पराको निरन्तरता पनि हो । वैचारिक लिगेसी पनि हो । तसर्थ एजेण्डा आधारित मतदान नेपाली मतदाताले कमै गर्छन । मतदाताको यही पक्षको नेपालका दल पुराना दल र नेताहरुले मनोवैज्ञानिक शोषण गरिरहेकाछन । उपरोक्त दुबै फेनोमेनाका लागि नयाँ शक्ति पार्टीका धारणाहरु बुझिनसक्नु मात्र हैन, रिस उठ्ने र प्रतिरोधमा उतार्ने खालका थिए । नेपालमा बैकल्पिक राजनीति त्यसैपनि ‘एन्टी–करेन्ट सेन्थेसिस’ हो । एउटा लामो संघर्ष र स्कुलिङ्ग विना मतादाता मनोविज्ञानलाई नयाँ स्तरमा विकास गर्न सकिँदैन । तसर्थ हतारो गर्नु हुन्न ।

कुनै समय दार्शनिक हवर्ट माक्र्यूजले ‘वान डाइमेनशनल म्यान’ लेखेका थिए । त्यसको पनि कुरा बैठकमा उठ्यो । सृष्टि बहुआयामिक हुन्छ । तर औधोगिक क्रान्ति र उपभोक्तावादको बर्चश्वपछि मान्छे एक आयामिक हुँदै गएको छ । नयाँ शक्तिले समष्टिगत कुरा, ५ स, बहुआयामिक मुद्धा उठायो तर मतदाताले एक आयामिक मुद्धा बुझे । कम्युनिष्ट एकता र राष्ट्रवादको एक आयामिक संकथन कम्युनिष्टहरुको थियो । कम्युनिष्टहरु हावी भए भने बहुदलीय लोकतन्त्र र नेपाली कांग्रेसको अस्तित्व संकटमा पर्छ, यो कांग्रेसको एक आयामिक तर्क थियो । मधेशमा पनि मधेशी दलहरुले नजित्ने हो भने त्यसै त पहाडीहरुले हेपेका छन, झन कति हेप्छन– फोरम–राजपाले एक आयामिक तर्क दियो । पुराना पार्टी सबै भ्रष्ट भए, सुशासनका लागि नयाँ चहिन्छ– काठमाण्डौं उपत्यकाका शहरिया मध्यम वर्गीय मतदातालाई विवेकशीm साझाको अर्को कोणबाट एक आयामिक तर्कले तान्यो । तसर्थ सबैका फरकफरक आआफ्ना ‘कन्टिच्यूवेन्सी’ बने ।

नयाँ शक्तिले सबैका कुरा एकसाथ उठायो । मधेसीका कुरा उठाउँदा पहाडी झस्किए । सुशासनका कुरा उठाउँदा पहिचानवादी झस्के । भूराजनीतिक सन्तुलनको कुरा उठाउँदा भारतीय नाकाबन्दीमा दुःख पाएकाहरु झस्के । प्रत्यक्ष निर्वाचित कार्यकारीको कुरा उठाउँदा संसदीय व्यवस्थाका पक्षधरहरु झस्के । तसर्थ पार्टीको कुनै आफ्नै फरक ‘कन्टिच्यूवेन्सी’ निर्माण भएन । ‘वान डाइमेन्सनल’ हुँदै गएको नेपाली मतदाताको मनोविज्ञानलाई कसरी ‘मल्टी डाइमेन्सनल’ बनाउँने यो अर्को महत्वपूर्ण कुरा बन्यो ।

वैकल्पिक धारमै उभिने संकल्पः
अन्ततः नयाँ शक्तिको ल्वाङ्गघलेल बैठकले वैकल्पिक धारमै उभिने संकल्प गरेको छ । त्यो भनेको के त ?  नेपाली राजनीतिमा दलहरुको संख्या जे जति भए पनि यसको वैचारिक आधार मुख्य ५ वटा देखिन्छ ।

एक–उदार लोकतन्त्रवादी अर्थात् लिवरल डेमोक्र्याटस । यसको मुख्य विश्वास संसदीय बहुदलीय लोकतन्त्र, खुल्ला बजार अर्थतन्त्र र निजीकरण हो । यसको मुख्य संवाहक दलका रुपमा नेपाली कांग्रेस छ ।

दुई–रुढीवादी अर्थात् कन्जर्भेटिभ– यसको मुख्य विश्वास हिजोको व्यवस्था पंचायत वा राजतन्त्र राम्रो थियो, आज देश विग्रियो तसर्थ विगत परम्परामा फर्किनु पर्छ । पंचायत फर्काउन नसके पनि राजतन्त्र र हिन्दूअधिराज्य फर्काउनु पर्छ भन्ने हो । यस विचारको मुख्य संवाहक दल राप्रपा धारका दलहरु हुन ।

तेस्रो–साम्यवादी अर्थात् कम्युनिष्टहरु हुन–यसको मुख्य चरित्र रुसी अक्टोबार क्रान्ति र चिनीया जनवादी क्रान्तिको विश्वव्यापी विरासतलाई नेपाली सन्दर्भमा रक्षा र विकास गर्नु हो । सर्वहारा आन्दोलन विश्वव्यापी आन्दोलन हो र त्यसको एक हिस्सा नेपाली सर्वहाराको नेतृत्व गर्ने काम नेपाली कम्युनिष्ट पार्टीको हो। यसले  लेनिनवाद, स्टालिनवाद, माओवाद आदि दर्शनमा आधारित विश्व परम्पराहरुको नेपालमा प्रवद्र्धन र विकास गर्नु पर्दछ भन्ने यस धारको मुख्य  विश्वास हो । यस धारमा एमाले, माओवादी, मसाल, मालेलगायतका दलहरु छन । 

चौथो–पहिचानवादी धार हो–यसले मूलतः नेपालका सीमान्तकृत समुदायहरुको भाषा, क्षेत्र, संस्कृति र जातीय जीवन पद्धतिको पक्षपोषण गर्दछ । त्यसमा पनि  मधेसी र जनजाति समुदायको पहिचानको मुद्धा यसको प्रमुख सवाल हो । यो धारका मुख्य दल संघीय समाजवादी फोरम र राजपा हुन । सीमान्तकृतहरुको आवाज मुखरित गर्ने सवालमा यो धार ठीकै भए पनि यसका आफ्नै सीमाको कारण यो राष्ट्रकै बेकपल्पिक राजनीतिक शक्ति बन्न गाह्रो छ ।

उपरोक्त चार वटा धारहरु नेपाली राजनीतिका मूलधार हुन । यी चारभन्दा फरक फोकसमा राजनीति गर्न चाहनेहरु नै नेपालमा ‘वैकल्पिक’ भनिएको हो । तसर्थ वैचारिक हिसाबले बैकल्पिक राजनीति पाँचौ धार हो । यो धार ‘सोसल डेमोक्रेसी’ र ‘लेफ्ट–डेमोक्र्याटस’ हरुको धार हो ।  नयाँ शक्तिले आइन्दा एकता र ध्रुविकरणको कुरा गर्दा विजातीय एकता र ध्रुविकरकणको कुरा गर्नु हुँदैन । आफ्नै धारभित्रको एकता  र ध्रुविकरणमा जोड दिनु पर्दछ ।

अन्त्यमा,
ल्वाङ्ग वासिन्दाहरु नयाँ शक्तिका समर्थक छैनन् । करिब ५०० मतदाता रहेको यस गाउँबाट नयाँ शक्तिलाई गत चुनावमा २४ भोट आएको थियो रे । चिनिएका समर्थक जम्मा ४ जना मात्र छन । तर तीन दिनमा उनीहरुले नयाँ शक्ति पार्टीलाई नजिकबाट परख गरे । सुने  । फूलमाला लगाएर ससम्मान विदाई गरे र भने–‘नयाँ शक्ति पार्टीका धारणा हामीले बुझ्नै पाएका थिएनौं । अब एकपटक सोच्छौं ।’ पार्टी संयोजक सामु उनीहरुले गाउँका समस्याहरुबारे लामै ज्ञापनपत्र पनि बुझाए ।